भाद्र २४ गते २०७६

पाईप बाट तेल आयो अब ग्यास कहिले ?

२४ भदौ, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् ।

पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए ।