भाद्र २५ गते २०७६
रामचन्द्र पौडेलको आरोप ः लामखुट्टे धपाउन नसक्ने सरकार
भदौ २५, पोखरा ।
प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले वर्तमान सकारले दुई तिहाईको आडमा अदालत र अख्तियार लगायतका संवैधानिक निकायलाई तर्साएर लुट मच्चाइएको आरोप लगाउनुभएको छ । उहाँले अदालत र अख्तियार सत्ताको लाचार छायाँ भएको जिकिर गर्नुभयो।
वरिष्ठ नेता पौडेलले बीपी जयन्ती तथा नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा मंगलबार पोखरामा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै सरकारमाथि आक्रोश ब्यक्त गर्नुभयो । अरबौंको भ्रष्टाचारहरु साना मान्छेले हैन ठूला टाउकेहरुले गरेको जिकिर गर्दै उहाँले अरबौँ–खरबौँको भ्रष्टाचार कहाँ भयो भन्ने प्रश्न पटक–पटक गर्नुभयो ।
एनसेलको कर काण्डमा अदालतले गरेको फैसलाबारे संसदमा प्रश्न उठेको प्रसंग निकाल्दै उहाँले अदालतले अघिल्लो पटक गरेको फैसला र पछिल्लो फैसला बाझिएको नेता पौडेलको भनाई थियो । अदालतको नजिर एउटै हुने तर्क गर्दै उहाँले भन्नुभयो , ‘अदालतको फैसला बाझिएको छ, दुई तिहाईले न्यायाधीश र अदालतलाई तर्साएर लुट मच्चाइएको छ।’
भ्रष्टाचार र अराजकता बढेकोको र सरकारले सपना एउटा देखाउने तर काम अर्को गर्नाले जनतामा निरासा बढेको उहाँले जिकिर गर्नुभयो । ‘यो सरकारले सामान्य पनि काम गर्न सक्दैन’, उहाँले भन्नुभयो , ‘देशमा यतिबेला डेंगु फैलिएको छ, अस्पताल भरिएको छ। ‘सरकारले लामखुट्टे धपाउन सकेको छैन। यो सरकारसँग काम गर्ने मेसो नै छैन, काम गर्न जानेकै छैन।’
कास्की क्षेत्र नम्बर २ मा हुने आगामी उपनिर्वाचनमा उहाँले एक भएर कांग्रेस उम्मेदवारलाई विजय बनाउन पनि आग्रह गर्नुभयो ।कांग्रेस भन्ने रुखमा भोट नहाल्ने भन्दै रुखमा भोट नहाल्ने पनि कांग्रेस हुन्छ भन्दै प्रश्न गर्नुभयो । कास्की अहिले सारा नेपालको आँखामा परेकोले यो मौका चुक्न दिन नहुने भन्दै नेता पौडेलले मैले टिकट पाइन नभनेर कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को आयोजनामा भएको थियो ।