भाद्र २५ गते २०७६
पोखरामा डेंगुरोगि ११ सय पुगे
भदौ २५, पोखरा ।
देशका बिभिन्न भागमा भैलिएको डेंगु संक्रमणले पोखरामा माहामारीको रुप लिएको छ ।
पोखरामा प्रदेश सरकार र स्थानिय तहले यो संक्रमण रोक्ने प्रयास गरेपनि बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएको छ । अहिलेसम्म पोखरामा ११ सय ७० जनालाई यो संक्रमण भैसकेको छ । बिरामीको संख्या अत्याधिक भएसंगै मानिसहरुमा एक किसिमको त्रास पैदा भएको छ भने रोग नियन्त्रण बाहिर गएको छ । केही दिनमै डेङ्गगु संक्रमणको दरमा भारी बृद्धि भएको हो । अहिले प्रदेशको सामाजिक बिकास मन्त्रालय र पोखरा महानगरपालिकाले यो संबन्धी सचेतना अभियान सुरु गरेको छ । सचेतना संगै लामखुटट्टेको बासस्थान खोज र नष्ट गर अभियान जारी रहेको पोखरा महानगरपालिकाले जनाएको छ । यो एक किसिमले महामारीको रुपमा देखा परेपनि सोचे अनुसारको आबस्यक पहल संबन्धीत निकायहरुले गर्न नसकेको जनगुनासो छ । लामखुट्टे नष्ट गर्ने कार्य र बिरामीलाई समयमै चेकजाँच गर्ने काममा समस्या भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका मेडिकल चिकित्सक डा. ढाका कुमार श्रेष्ठले जानकारी दिए ।
बिरामीमा संक्रमण भए,नभएको जाँच गने किटको अभाव भएपनि संबन्धीत निकायको चासो नगएको चिकिस्सकहरु नै बताउछन । तर प्रदेश सरकारले भने आबस्यक बजेट र जनशक्ति ब्यबस्था गरेको दावि गरेको छ । उपचार बिधि र संक्रमण एक बाट अर्कोमा जान रोक्न पर्ने आबस्यक सुरक्षा बिधिहरुमा ध्यान नगए यो नियन्त्रण बाहिर रहने चिकित्सकको भनाई छ ।
ज्वोरो आउने, घाँटी दुख्ने जस्ता लक्षण भएका अस्पताल गएर जचाँउन पर्ने चिकित्सहरुको सुझाव छ । पोखरा इण्डिया सिधा यातायात चल्न थालेपछि डेंगु सार्ने लामखुट्टे ‘टाइगर मस्किटो’ एकदिनमै गाडीमार्फत् भारतबाट पोखरा आउने गरेको बताईन्छ । ।