भाद्र २९ गते २०७६

राईनासमा भयो दुई दिने तनाव ब्यबस्थापन तालिम

राइनास नगरपालिकाको आयोजना र सर्वोदय सेवास्रम को समन्वय एवं सहकार्यमा राइनास नगरपालिकाका जनप्रतिन्ंधि , राजनैतिक पार्टि प्रतिनिधि , सामाजिक अगुवा , शिक्षक , युवा क्लब लगायतका व्यक्ति हरुलाई जीवनशैली व्वस्थापन र तनाव व्यवस्थापन सम्वन्धि २ दिने प्रशिक्षण तिन पिप्लेमा सम्पन्न भयो । योग प्राकृतिक चिकित्सा आयुर्वेद एवं जीवनशैली का विशेषज्ञ डा. हरिप्रसाद र आर्ट अफ लिभिंगका राष्ट्रीय प्रशिक्षक डा. कन्चन घिमिरे ले दिनु भएको प्रशिक्षणमा सर्वोदय सेवास्रमका अध्यक्ष कृष्णराज ओलियाले सहजिकरण गर्नु भएको थियो । प्रशिक्षक द्दयले खानपान , दृष्टिकोण , बानीब्यहोरा, प्रेम , करुणा , कृतज्ञता , अहोभाव , स्रम , सिप , समय , सदाचार र साधना भित्रका कृयाकलापले मान्छेको समग्र जीवनको अगुवाई गरिरहेको कुरा बताउनु भयो । हामिले अरुलाई बदल्न खोज्यौं तर आफु बदलिन खोजेनौं ! अरुलाई बदल्न आफु बदलिनु पर्दछ ! कार्यक्रमको समापनमा नगर प्रमुख सिंहबहादुर थापाले हामि जनताका प्रतिनिधि हौं हामिले गुनासो सुन्ने क्षमता राख्न सक्नु पर्छ ! आफुलाई व्यवस्थित गरे आफुले गर्ने काम व्यवस्थित गर्न सकिन्छ भन्नु हुंदै कार्यक्रम प्रभावकारि भएको बताउनु भयो !उप प्रमुख धनकुमारि गुरुंगले दिन भर जनताका घर झगडाका मुद्दामा बस्दा भएको आफ्नो तनाव कार्यक्रममा सहभागि हुदा आनन्दको अनुभूति भएको बताउनु भयो ।