भाद्र ३० गते २०७६

डेङ्गु रोग र रेविज रोग नियन्त्रण र आत्माहत्या रोकथाम कार्यक्रम सम्पन्न

डेङ्गु रोग र रेविज रोग नियन्त्रण र आत्माहत्या रोकथाम का लागि मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा आयोजित अभिमुखिकरण कार्यक्रम मर्स्याङ्दी गाउँपालिकाको कार्यलय भुलभुले,सम्पन्न भएको । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्को अध्यक्षता भएको कार्यक्रममा गा.पा.उपाध्यक्ष होम बहादुर बि.क.,नेकपाका अध्यक्ष धनसिङ्ग तामाङ,नेकाका सभापति कृष्ण बहादुर गुरुङ,प्रमुख प्रशाकिय अधिकृत खेमराज देवाकोटा,लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ ,जिल्ला अस्पतालका स्वास्थ्यकर्मी गणेश गुरुङ ,वार्ड अध्यक्षहरु सहित सम्पुर्ण जनप्रतिनिधि,कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी,महिला स्वयंसेविकाहरु,सामाजिक सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कोशिस नेपालका दिपक न्यौपानेले आत्माको कारण,लक्षण र रोकथामका उपाय,स्वास्थ्य कार्यलय लमजुङका प्रमुख केशब चापागाईं डेङ्गु रोगको प्रकोप,नियन्त्रणका उपाय र नागरिकको भुमिका,जनस्वास्थ्य निरीक्षक दिपक बमजनले रेविज रोगको नियन्त्रणका बिषयमा सन्देश मुलक पावरपाइन्ट मर्फात अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा सह संयोजक अर्जुन न्यापानेले गर्नुभएको थियो । कार्यक्रमबाट निम्न निर्णय भएको छ । निर्णयहरु ः १) समाजमा विभिन्न समयमा हुने गरेको आत्महत्याको घटनाको सन्दर्भमा आयोजित मस्र्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिहरु, शिक्षक कर्मचारीहरु, महिला सञ्जाल, राजनितिक दलका प्रतिनिधिहरु, सुरक्षा निकाय, स्वास्थ्य कर्मीहरु, सामाजिक अगुवाहरुको आजको भेलाले आउने दिनहरुमा आत्महत्याका घटनाहरु हुन नदिन आवश्यक सतर्कता अपनाउन र आत्महत्या सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै सवैले आवश्यक सहयोग गर्ने निर्णय गरियो । २) रेविज रोगको संक्रमणबाट वच्न रेविज रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरियो । विशेष गरि कुकुरबाट यो रोग सार्न सक्ने वढि सम्भावना हुने भएकोले यस मस्र्याङ्दी गाउँपालिका भित्र जो कसैले कुकुर पालेको भए अनिवार्य रुपमा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन नियमित लगाउनु पर्ने निर्णय गरियो । सो बमोजिम भ्याक्सिन लगाए नलगाएको बारे निरिक्षण, अनुगमन तत् तत् वडा कार्यालय, स्वास्थ्य चौकी, जनप्रतिनिधिहरु, टोल सुधार समितिका संयोजकहरु र नागरिक समाज आफैले गर्न सक्ने र सम्बन्धित निकायमा आवश्यक जानकारी गर्ने समेत निर्णय गरियो । साथै विभिन्न टोल बस्तिहरुमा भएको बेवारिसे कुकुरहरुलाई भ्याक्सिन लगाउन र आवश्यक व्यवस्थापनमा सवै पक्षबाट कृयाशिलता देखाउने समेत निर्णय गरियो । ३) डेँगु रोग नियन्त्रणको लागि मस्र्याङ्दी गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो । जमेर बसेको सफा पानीमा डेँगु रोग सार्न सक्ने लामखुट्टे उत्पादन हुन सक्ने, दिउसोको समयमा त्यो प्रजातिको लामखुट्टेको टोकाईबाट यो रोग लाग्न सक्ने बारे सवैको ध्यानाकर्षण भयो । तसर्थ आजको भेलाले हामी सबै जनाले आ–आफ्नो संघ संस्था, घर छिमेक वरपर, सार्वजनिक स्थलहरुको त्यस्ता सम्भावित स्थानहरुको सरसफाई गर्ने र सवैलाई सचेत गराउँदै सम्भावित डेँगु रोगको प्रकोपबाट वच्न आ–आफ्नो तर्फबाट र संस्थाको तर्फबाट पहलकदमी गर्ने प्रतिवद्धता सहित यो निर्णय गरियो ।