असाेज १ गते २०७६
डेंगु नियन्त्रणको नाममा ६ लाख स्वाहा, उपलब्धी शून्य
पोखरा, असोज १ ।
कास्की र आसपासका जिल्लामा डेंगु फैलिएपछि यतिबेला मानिसहरुमा यसको त्रास कायम छ । लामखुट्टेको टोकाई बाट लाग्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे उत्पादन हुने स्थानहरुको खोजि गरी नष्ट गर्नु नै हो ।
तर डेंगु अहिले पनि नियन्त्रणमा छैन । दैनिक रुपमा मानिसहरु यसको संक्रमणको शिकार भैरहेका छन । पोखरा महानगरपालिका र गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयले यो संक्रमण नियन्त्रणको प्रयास गरेको भनिएपनि हालसम्म उपलब्धी प्राय शुन्य छ । लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने मुख्य काम भएपनि चोक,चोका पर्चा बाड्ने काम बाहेक महानगरले खास अरु कुनै कार्यक्रम गरेन । स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले आफहरुले नियन्त्रणको प्रयास गरेको बताए । तर लामखुट्टेको बासस्थान खोजि गर्ने, बिरामीको अलग उपचार सेन्टरको ब्यबस्था गर्नुपर्ने डेग्गु जाँच गर्ने किटको यथेस्ट ब्यबस्था गर्नुपर्ने भएपनि सो बारे भने महानगरले काम गरेको छैन ।
प्रदेशकै मुख्य बिरामी जाँच हुने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका यो संक्रमण जाँच गने किट नै नभएको सो अस्पतालमा कार्यरत चिकित्सक डा. ढाका कुमार श्रेष्ठले जानकारी दिए । सामान्य किटको समेत ब्यबस्था गर्न नसकीएको उनको भनाई थियो ।यस्ता संक्रमण नियन्त्रणको लागि अलग उपचार कक्ष आबस्यक पर्ने भएपनि प्रदेश र महानगर दुबैले कुनै चासो नदिएको उनले बताए । आफुहरु संग अहिले सम्म पनि यो बारेमा कसैले पनि केही कुरा नगरेको उनको भनाई छ । तर पोखरा महानगरपालिका बाट रु ६ लाख रुपैयो खर्च भैसकेको स्रोतले जनाएको छ । कामको प्रभावकारीता भन्दा पनि अन्यत्र ध्यान दिदा मानव स्वास्थ्य जस्तो संबेदनशिल कुरामा संबन्धीत निकाय गभ्भीर नबनेको स्थानियको आरोप छ ।