असाेज १ गते २०७६

मर्स्याङ्गदी गाऊपालिकामा एक दर्जन कार्यकर्ता नेकपा प्रबेश , ब्यापक धुब्रिकरणको अभियानमा छौ ः सांसद सुबेदी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मर्स्याङदी गाउं कमिटिको आयोजनामा गाउंपालिका स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा गण्डकी प्रदेश सह– ईन्जार्ज यशोदा सुबेदी (गुरुङ्ग) ले बृहत धुब्रिकरका माध्यमबाट कम्युनिष्ट समाजबादमा पुग्ने लक्ष रहेको बताउनु भयो । प्रतिनिधि सभा सदस्य समेत रहनु भएको गुरुङ्गले अहिले नेकपाको सरकारले गरेको लोकप्रिय कार्यक्रमबाट आत्तिएर कतिपयले स्यालहुईया पनि मच्चाएपनि बिचलित नहुन कार्यकर्ता लाई आग्रह गर्नु भयो । बिकासको लहर आएको छ , बर्षो सम्म एकात्मक राज्यले थिचेको समाजलाई संघात्मक अबस्थाको बारेमा बुझाउन समय लागेपनि एक दिन उपलब्धी देखिने गरी काम भैरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा लमजुङ्ग जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशसभा नेकपा संसदिय दलका प्रमुख सचेतक क मायानाथ अधिकारीले भारतबाट पाईपलाईन बाट तेल आईसकेको चिया पसलमा गफ गर्ने गफाडीहरुलाई जानकारी भएको हुनुपर्ने भन्नु भयो । सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीले ग्यास र तेल पाईप बाट आउछ भन्दा जोक संझनेहरुले रेल आएपछि फेरी अर्को झापड खाने उहाँको भनाई थियो । सपना देख्न पनि डराउनेहरुले बिकास गर्न नसक्ने भएकाले सबैलाई नेकपामा धुब्रिकरण हुने उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटिका सदस्य तथा जिल्ला सचिव एबम गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बिभिन्न बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मर्स्याङदी ४ ताघृङबाट नेपाली कांग्रेशबाट दलित महिला सदस्यमा निर्वाचित जौमाया मिजार, मर्स्याङदी २ घनपोखरा निवासी राप्रपा जिल्ला सचिव कुल बहादुर बिक लगायत घनपोखरा, सिउरुङ,बडागाउं, बाहुन्डांडा,भलामचौर, अर्खलेबाट क्रमश प्रतिराम वि क, मन व गुरुङ, मोहन प्र गुरुङ, सुक ब वस्याल, दिल ब वस्याल, लाल ब परियार, शेर ब बि क विनोद गुरुङ, अजय परियार, जितराज गुरुङ, महेश कुमार गुरुङ, ताराजंग गुरुङ, शर्मिला घिमिरे, छवी वि क, प्रतिराम विक रमेश सुनुवार, अनिल वस्याल, होम व वि क, समिर गुरुङ, राजु खत्री, राजकुमार गुरुङ, रवी गुरुङ, तुल व वि क लगायत दर्जनौ युवाहरु नेपाली कांग्रेश र राप्रपा परित्याग गरि नेकपामा प्रबेश गर्नुभएको छ,