पोखरा । पोखराको बगरस्थित भीमकालिपाटनमा अत्याधुनिक सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायीहरुको संयुक्त लगानीमा ‘पानी पँधेरो ट्रेड प्रा।लि।’ सञ्चालनमा आएको हो । कलाकार धुर्मुस ,सीताराम कट्टेल र सुन्तली ,कुञ्जना घिमिरे ले आइतबार एक कार्यक्रमका बीच पानी पँधेरोको औपचारिक उद्घाटन गरे । उक्त अवसरमा बोल्दै कलाकार धुर्मुसले युवा व्यवसायीहरुको संयुक्त लगानीमा सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा आउनु राम्रो पक्ष भएको बताए । ‘स्वदेशमै केही काम गरौं, लगानी गरौं भन्ने सोच युवाहरुमा बढ्न आवश्यक छ, उनले भने । ११ हजार स्क्वायर फिटमा सञ्चालनमा आएको ट्रेड प्रालिमा दैनिक उपभोग्य सम्पूर्ण सामग्री सुपथ मूल्यमा प्राप्त गर्न सकिने अध्यक्ष कुलदिप भट्टराईले जानकारी दिए । ‘सस्तो मूल्यमा सामान उपलब्ध गराउँछौं,’ उनले भने, ‘बगर तथा वरपरका क्षेत्रका स्थानीयबासीका लागि प्रालि सञ्चालनमा आएपछि धेरै सजिलो भएको छ ।’ लत्ताकपडा, किचन सामग्री, खाद्यान्न, स्पोर्टस सामग्री, बच्चाका खेलौना, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स सामान, मदिराजन्य पदार्थ लगायत ग्राहकको रोजाई अनुसारको सामान बिक्रीवितरण गरिने भट्टराईले जानकारी दिए ।
प्रालिमा १४ जनाको संयुक्त लगानी रहेको प्रवन्ध निर्देशक खेमप्रसाद तिमिल्सिनाले जानकारी दिए । ६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको प्रालिमा नुनदेखि सुनसम्म सम्पूर्ण सामान बिक्रीका लागि राखिने उनले बताए । ‘यस अगाडि विभिन्न व्यववसायमा आबद्ध रहेका, वैदेशिक रोजगारीबाट फर्किएका र रोजगारीमा विदेश जान लागेका युवा तथा व्यवसायीहरुले प्रालिमा लगानी गरेका छन्,’ उनले भने, ‘बगरमा स्तरीय डिपार्टमेन्टल स्टोर्सको आवश्यकता महसुस गरी लगानी गरेका हौं ।’ ग्राहकको सुविधालाई मध्यनजर गरी निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको तिमिल्सिनाले जानकारी दिए । प्रालिमा अहिले ३३ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
उद्घाटनका अवसरमा विशेष छुटको व्यवस्था गरिएको प्रवन्ध निर्देशक तिमिल्सिनाले जानकारी दिए । प्रत्येक १ हजार रुपैयाँको खरिदमा ५० रुपैयाँ नगद छुट ९क्यास ब्याक० को व्यवस्था गरिएको उनले बताए ।
यसैबीच, पानी पँधेरो ट्रेड प्रालि बगरमा सञ्चालनमा आएसँगै अन्य ३ ठाउँमा शाखा विस्तार गरिने भएको छ । पोखराको छोरेपाटन, अमरसिंहचोक र तालचोकमा शाखा विस्तार गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । ‘पोखराको मुख्य बजारमा मात्र राम्रा डिपार्टमेन्टल स्टोर्स थिए,’ उनले भने, ‘स्तरीय सेवा तथा आधुनिक डिपार्टमेन्टल स्टोर्सलाई विकेन्द्रिकृत गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौं ।’ शाखा विस्तारको कामलाई समेत तिब्रताका साथ अगाडि बढाइएको उनले जानकारी दिए ।
सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिएको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत...
Read More
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोज्न पोखराबाट सेनाको हेलिकोप्टर गएको छ । विमानको खोजीका लागि काठमाडौँबाट पोखरा गएको नेपाली सेनाको हेलिकोप्टर अहिले मौसममा केही सुधार आएपछि...
Read More
सुर्य तारा ( नेकोस) खेल महोत्सव सम्पन्न गर्नको लागि मुल समारोह समितिको बैठक सम्पन्न भएको छ। खेल महोत्सव सम्पन्न गर्नको लागि विभिन्न उप समिती हरु समेत गठन गरिएको छ।...
Read More
९ बैशाख, बेलिना थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङको पहलमा लमजुङमा स्वास्थ्य सामाग्री प्राप्त भएको छ । सचेतक गुरुङको पहलमा स्वास्थ्य सेवा विभागबाट स्वास्थ्य...
Read More