असाेज ९ गते २०७६
डेगँु सचेतना कायम, पानि जमेको स्थल खतरनाक
पोखरा, असोज ९ ।
कास्की जिल्लामा २ हजार बिरामी भएपछि डेगुँ रोग नियन्त्रणका प्रयास जारी छन । पोखरा महानगरपालिका तथा प्रदेश सामाजिक बिकास मन्त्रालयले यो रोग फैलन नदिनका लागि सचेतना कायम राखेको हो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा मार्फत रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान चलिरहेको छ ।
पोखरा महानगरका बढी प्रभावित वडाहरुमा यो अभियान सञ्चालन भैरहेको छन । पोखरा १७ को महतगौडा क्षेत्रमा पनि यो रोगको नियन्त्रणकालागि सचेतना कार्यक्रम गरिएको छ । वडा सदस्य बैकुण्ठ भण्डारी तथा शहरी स्वास्थ्य केन्द्रका प्रमुख र्निमला अर्याल को उपस्थितीमा स्थानिय आमा समुह, क्लवहरुको सहभागितामो घरदैलो गरी पानि जम्ने स्थानहरुको नष्ट गर्न कार्य गरिएको हो । लामखुट्ट र्निमुल पार्नु नै यो रोग बाट बच्ने उपाय भएकाले यसलाई सामान्य रुपमा नलिने शहरी स्वास्थ्य केन्द्रका प्रमुख र्निमला अर्यालले आग्रह गरिन । वडा सदस्य बैकुण्ठ भण्डारीले मानिसमा सामाजिक चेतनाको बिकास भएन भने पनि यस्ता रोग नियन्त्रणमा समस्या आउने बताए । म भन्दा पनि हामि भन्ने भावनाको बिकास बाट मात्रै यस्ता संक्रमण लाई सामुहित प्रयत्न बाट हटाउन सकीने उनको भनाई थियो ।