असाेज ९ गते २०७६

नेकपा शन्तुलित छ ः सरकारका प्रबक्ता बास्कोटा

असोज, ९
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धान्तमा कतैतिर पनि नढल्केको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारले केही दिनअघि काठमाडौंमा चिनियाँ विदेशमन्त्रीसहितले नेकपा नेतालाई दिएको प्रशिक्षणबारे सोधेको थिए। सोही प्रश्नमा जवाफ दिँदै बाँस्कोटाले नेकपा नेकपापथमै हिँडेको बताएका हुन्।
‘नेकपा नेकपापथमै लागेको छ, कतैतिर ढल्केको छैन,’ उनले भने, ‘कोहीकोही कति छटपटिएका हुन्रु नेताहरू नै रन्थनिएको देख्छु।’ नेकपा मार्क्सवाद (लेलिनवादमाथि विश्वास गर्छ भन्ने सबैलाई थाहा भएको पनि उनले बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले नेकपा सी(पथतिर लागेको आरोप लगाउँदै आएका छन्। प्रतिपक्षीले लगाएका आरोपमाथि खण्डन गरेका बाँस्कोटाले थपे, ‘नेकपा कतातिर ढल्कनुपर्नेरु नेकपा त नेकपातिरै लागेको छ।’
उनले चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणबारे जनताहरू स्वागत गर्न आतुर रहेको बताए।
‘सम्भावित भ्रमण हो जनता स्वागत गर्न आतुर छन्,’ उनले भने, ‘हामीले महत्वपूर्ण उपलब्धिलाई उपलब्धिमूलक बनाउन लागि पर्नुपर्छ।’