असाेज १४ गते २०७६
यौन काण्डमा फसेपछि सभामुखले राजिनामा दिने
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महराको राजीनामा मागीने भएको छ । सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा माग्न लागेको हो । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले सभामुख प्रकरणमा अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको जानकारी दिनुभयो । ‘यस बिषयमा दुई अध्यक्षबीच बिहानदेखि छलफल भइरहेको छ’ उहाँले जनता समाचारसँग भन्नुभयो ।
छलफलमा दुई अध्यक्ष स्थिति असज भए सभामुख महराको राजीनामा माग्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ । छलफलमा दुई अध्यक्षबीच स्थिति असज भए सभामुख महराको राजीनामा माग्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।
सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयको कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।
यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । पार्टीले राजिनामा माग्नु भन्दा अगाडी सभामुख आफैले राजिनामा दिने तयारी भएको पनि स्रोतले जनाएको छ । उनले दिउसो २ बजेसम्म राजिनामा दिने बुझिएको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपाका नेताहरुले महराको राजीनामा माग्न शीर्ष नेतृत्वलाई दबाब र सुझाव दिएका छन् । पूर्व सभामुख सुवास नेम्वाङले पनि मंगलबार प्रधानमन्त्रीलाई भेटेर महराको राजीनामा माग्न सुझाव दिनुभएको छ ।