असाेज १४ गते २०७६

मन्त्री, सांसदका स्वकीय सचिवलाई पनि दशैंभत्ता

काठमाडौं । सरकारले उप्रधानमन्त्री, मन्त्री र सांसदहरुका सल्लाहकार र स्वकीय सचिवलाई समेत दशैं खर्च दिने निर्णय गरेको छ । कानुन अनुसार सल्लाहकार र स्वकीयसचिवलाई दशैंभत्ता दिने अधिकार नभएपछि सरकारले मन्त्रिपरिषद् बैठकबाटै उनीहरुलाई दशैं खर्च दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को भदौ ३१ गते बसेको बैठकबाट दशैंभत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ४० लाख, ७६ हजार १ सय ६० रुपैयाँ व्ययभार थपिएको छ ।
सरकारका दुई उपप्रधानमन्त्री, १९ मन्त्री, ३ राज्यमन्त्री छन् । संघीय संसद अन्तरगत सभामुख र राष्ट्रियसभा अध्यक्षसहित प्रतिनिधि र राष्ट्रियमा गरी ३ सय ८ जना सांसद छन् । उनीहरुका प्रेस सल्लाहकार र स्वकीय सचिवले पनि भत्ता पाउंछन् । समाचार नागरिक दैनिकमा प्रकाशित छ ।