असाेज २९ गते २०७६

नेकपाले गर्ने भयो कार्तिक १० भित्र उप–र्निबाचनका उमदवार छनौट

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।
नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन(तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।