असाेज २९ गते २०७६

सालको पात टपरी पछि चर्चित अर्को भाका (सिलौटो) बजारमा

पोखरा, असोज २८ ।
लोकभाकामा आधारीत सिलौटो शिर्षकको दोहोरी गित बजारमा आएको छ ।
माया पिरतीमा आधारीत लोक भाकाले सजिएको लोक गित सुरुवाती अबस्थामै युटुवमा राम्रो भ्युयर पाएको छ । बिष्णु माझि र बाल कुमार श्रेष्ठको आवाजमा रहेको लोक भाकाको शिब हमालले शब्द र लय भरेका हुन ।

शिब हमालले संगित भरेको यो भाका टिपिकल नेपाली भाषामा प्रयोग गरेर शब्द संयोजन गरिएको छ ।सालको पात टपरी शिर्षकमा चर्चीत कुलेन्द्र बि.क. र मरिस्का पोखरेलले यो गितमा मोडलीङ्ग गरेका छन । सिलौटोमा लसुन, लश लशै लोहारै , एकोहोरो हुदैन माया लाईदेऊ दोहोरै भन्ने भाकामा बिरही लामाले बजारमा ल्याएका यो भाकाले राम्रै स्थान पाउने संभावना रहेको छ ।

बिष्णु माझिको नयाँ भाका (सिलौटो) बजारमा