असाेज ३० गते २०७६

गैरआवासीय नेपाली सङ्घको चुनाव स्थगित

गैरआवासीय नेपाली सङ्घकोनयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ । निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरि ८ बजे पछि मात्र मतदान सुरु भएको मतदान भोटिंङ मशिन ब्रिग्रिएपछि स्थगित भएको हो । इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आए पछि भोलि विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।
यस अघि नै प्रतिनिधिहरुले मतदान ढिलो सुरु गरेको भन्दै नाराबाजी र तोडफोड समेत गरेका थिए । आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए । मतदान स्थगित भएपछि पुन नाराबाजी सुरु भएको छ ।
युवा संयोजकका उम्मेदवार सुदिप कार्की लगायतको समुहले आफुहरुलाई गोटी बनाईएको र प्रहरीको घेरा भित्र चुनाव गर्न नसकिने बताउदै मतदान बहिष्कार गर्ने चेतावनी दिएको छ । नाराबाजी भएपछि कडा सुरक्षाका बीच मतदान सुरु भएको थियो । मतदान स्थलमा मोबाइल फोन समेत निशेध गरिएको थियो ।
निर्वाचनमा ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने उनले बताए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।
‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।