असाेज ३० गते २०७६

एम्वुलेन्स खरिदको रकम ९ लाख गायव, बाहिर आए पछि फिर्ता गर्ने तयार

राईनास, लमजुङ्ग । असोज २९ ।
लमजुङ्गको राईनास नगरपालिका स्थित चर्कतिर्थ सेवा समाजले एम्वुलेन्स खरिदका लागि भन्दै केही बर्ष यता स्वदेश तथा बिदेशमा रहेका स्थानिय, नगरपालिका तथा बिभिन्न निकायहरु संग रकम उठायो ।
गाऊमा एउटा पनि एम्वुलेन्स नभएको अबस्थामा त्यहाँका युवाहरुको बिषेश सकृयतामा राम्रै रकम संकलन पनि भयो । रकम संकलनमा बिषेश गरि बिदेशिएका युवा,युवतीहरुले सहयोग गरे । स्थानियबासीहरु पनि एम्वुलेन्स आउने कुरामा खुशि भए । तर एम्वुलेन्सका लागि उठाईएको रकम ९ लाख १४ हजार ४ सय ६९ रुपैयाँ खातामा जम्मा नभएको भेटिएएको छ । समाजले करछुटमा एम्वुलेन्स खरिद गरीसकेको भएपनि उठाइएको रकममा बाँकी रहको रकमको हिसाव नदेखिएपछि समाजका अन्य सदस्य तथा स्थानिय बुद्धिजिविहरुले रकमको खोजि गरेका थिए । राईनास नगरपालिका वडा नं ४ सातबिसे स्थित समाजका अध्यक्ष गोबिन्द पराजुलिले उत्त रकम आफैले राखेको जनाइएको छ । उनले लेखा परिक्षणका क्रममा आफुले उत्त रकम फिर्ता गर्न तयार रहेको बताएका थिए । एस.बि.बि. एण्ड एसोसियट ले गरेको लेखा परिक्षणमा यति धेरै रकम अपचलन भएको देखिएको हो ।
उत्त रकम फिर्ता गर्न अध्यक्षले जिम्मा लिएपनि त्यहाँका अन्य ब्यात्तिहरुले रकम अपचलन गरेका हुन । ७ जना मिलेर सस्थाको रकम अपचलन गरेको बताइएको छ । रकम घोटला भएको भन्दै सामाजिक सञ्जालमा पनि ब्यापक बिरोध सुरु भएको छ ।