कार्तिक २ गते २०७६
आलमको मुद्दामा अनुसन्धान गर्न कांग्रेसले सघाउने
कार्तिक २, २०७६
काठमाडौँ — सांसद मोहम्मद आफताब आलमको बचाउमा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो अभिव्यक्तिबाट पछि हटेका छन् ।पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै सरकाका विरुद्ध आक्रमक अभिव्यक्ति दिएका थिए।
१२ वर्षको मुद्दा ब्यूँताएर सरकारले कांग्रेसविरुद्ध षडयन्त्र गरेको भन्दै आलमको बचाउमा उत्रिएपछि देउवाविरुद्ध सर्वत्र आलोचना भएको थियो।
शनिबार विज्ञप्ति मार्फत देउवाले अघिल्लो दिनको आफ्नो अभिव्यक्ति सच्चाएका हुन्। ‘कुनैपनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’
कानूनी राज्यमा विश्वास गर्ने पार्टीले जरुरी अनुसन्धानको विपक्षीमा उभिन नसक्ने देउवाले प्रष्ट पारेका छन। ‘महोम्मद आफताव आलममाथिको मुद्दामा कुनैपनि पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुन्छ’ देउवाले भनेका छन,‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।’