कार्तिक ३ गते २०७६

प्रथम जिल्ला आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न ।

प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा कोजाग्रत पुर्णिामा मेला २०७६ अन्तर्गतका विभिन्न खेलकुदहरु मध्ये प्रथम जिल्ला आईटीएफ तेक्वान्दो प्रतियोगिता बुर्तिबाङमा सम्पन्न भएको छ जस प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि ३२५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए उक्त प्रतियोगितामा ७ स्वर्ण,४ रजत ३ काश्य पदक प्राप्त गरि न्यू मोर्डन आईटीएफ तेक्वान्दो दोजाङ टीम च्याम्पियन र ४ स्वर्ण, ४ रजत १३ काश्य पदक सहित ढोरपाटन आईटीएफ तेक्वान्दो एकाडेमी टीम सेकेन्ड भएको छ। विजेताले क्रमशः २०,०००/- , १५,०००/- नगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन भने सोही खेलामा उत्कृष्ट महिला खेलाडी सुस्मिता थापामगर र उत्कृष्ट पुरुष खेलाडी श्रीप्रसाद थापा मगर भएका छन । उक्त प्रतियोगिता ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यता नेपाल आईटीएफ तेक्वान्दो महासंघका केन्द्रिय सदस्य घम बहादुर थापाको विशेष आतिथ्य प्रतियोगिता संयोजक मन बहादुर घर्तीमगरको संयोजकत्वमा सम्पन्न भएको जिलाका सचीव प्रतीक घर्ती मगरले जानकारी दिएका छ ।