कार्तिक ५ गते २०७६

वस पल्टँदा चालकको मृत्यु ||

तनहुँबाट लमजुङ आउँदै गरेको वस भानुमा दुर्घटना हुँदा चालककै ज्यान गएको छ । दुर्घटनामा चालक भानु नगरपालिका–६ टुुहुरेपसल निवासी २१ वर्षका अनिल धमेलको निधन भएको हो । तनहुँवाट लमजुङ आउदैँ गरेको ना. ३ ख ९७६८ नं को वस मंगलवार विहान १० वजेर १५ मिनेटको समयमा भानु १० नेपालडाँडामा दुर्घटना भएको थियो ।
वसमा सवार भानु नगरपालिका १० की १६ वर्षिय रोशनी श्रेष्ठ र सोही स्थानकी १५ वर्षिय समीक्षा श्रेष्ठ सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । उक्त बसमा तीन जना यात्रु मात्र सवार थिए । घाइते चालकको उपचाकरका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाका क्रममा वस सडकबाट १० मिटर जति तल खसेको थियो । घटनाका क्रममा सडकमा अवरोध नभएको प्रहरीले जनाएको छ ।