कार्तिक ५ गते २०७६
राष्ट्रिय पुजिको संरक्षण गरौ ः मन्त्री चुमान

पोखरा, कार्तिक ५ ।
गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले साना ब्यबशायिको पक्षमा आफु निरन्तर लागि रहेको बताएका छन ।
राष्ट्रीय उद्योग ब्यापार महासंघ, गण्डकीले पोखरामा आयोजि चाडपर्ब बिषेश चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले प्रदेशले संबृद्धि हासिल गर्न साना ब्यबशायिहरुको संरक्षण आबस्यक रहेको बताए । उनले गण्डकी प्रदेश सरकारले संबृद्ध गण्डकी र्निमाणका लागि थालेका प्रयासहरुको सकारात्मक संकेत देखिन थालेको स्मरण गर्दे केही पनि भएन भनेर गरिएको नियोजित हल्लाको पछाडी नलाग्ने सबैलाई आग्रह गरे । सबैले केही भएन भनेको सुनेर आफ्नै आँखा अगाडी देखिएका केही परिबर्तनहरु पनि पत्याउन गाहे होला जस्तो बनाइएको उनको भनाई थियो ।
कार्यक्रममा नेकपा कास्की जिल्ला ईन्चार्ज राजकाजि गुरुङ्गले उप–र्निबाचनमा होमिन सबैलाई आग्रह गरे । दैनिक देखिदै आएका सुधारका प्रयासहरु बाट केही बाह्य र केही आन्तरीक शत्ति नेकपा कमजोर बनाउन लागि परेको भन्दै संबृद्धिको बाटोमा अबिचलीत रुपमा लागि रहने उनको भनाई थियो । सुसासन र दण्डहीनताको अन्त्यका लागि बर्तमान सरकारले आफ्रना नेता बाटै अभियान सुरु गरेको र यसमा जो सुकै पनि पर्न सक्ने भएकाले नअत्तालिन अन्य दलहरुलाई उनले आग्रह गरे । सुसासन र कानुनी राज स्थापनाका लागि जो भएपनि छुट नहुने भएकाले को पर्यो भनेर हेर्न भन्दा पनि कस्ता अपराधिले कार्वाही भोगे भन्ने हिसावले हेर्न उनले सबैलाइै अनुरोध गरे । कार्यक्रममा उद्योग ब्यापार महासंघका गण्डकी ईन्चार्ज राजकुमार सुबेदी, केन्दीय सदस्य दिलिप सुनार, अध्यक्ष प्रबेश चन्द्र उपे्रती लगायतले बोलको थिए ।