कार्तिक ५ गते २०७६
२०२४ सम्ममा चीन सबैभन्दा धनी राष्ट्र बन्ने
५ कार्तिक
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले सन् २०२४ सम्ममा चीन सबैभन्दा धनी राष्ट्र बन्ने प्रक्षेपण गरेको छ ।
गत हप्ता आईएमएफले सन् २०१९ मा विश्वभरको आर्थिक वृद्धिदर ३ प्रतिशतको हाराहारीमा झर्ने बताएको थियो । कोषको प्रतिवेदन अनुसार आगामी ५ वर्षभित्र चीनको आर्थिक वृद्धिदर घट्ने भएपनि विश्व अर्थव्यवस्थामा सबैभन्दा बढी देन चीनको हुने छ ।
आगामी ५ वर्षमा विश्व अर्थव्यवस्थामा सबैभन्दा बढी देन चीनको हुने छ । सन् २०१८(१९ मा विश्वव्यापी जिडिपीमा चीनको देन ३२।७ रहेको छ । सन २०२४ सम्ममा यो दर घटेर २८।३ प्रतिशत पुग्ने आईएमएफले जनाएको छ । विश्वव्यापी जिडिपी घटेपनि चीन विश्वकै धनी मुलुक बन्ने अनुमान गरिएको छ ।
सन् २०२४ सम्ममा अमेरिकाको विश्वव्यापी आर्थिक वृद्धिदर १३।८ प्रतिशतबाट घटेर ९।२ प्रतिशत हुने आईएमएफले बताएको छ । आर्थिक वृद्धिदर घटेसँगै अमेरिका सबैभन्दा धनी मुलुकको सूचीमा तेस्रो नम्बरमा पुग्ने छ ।
यता भारतको विश्वव्यापी आर्थिक वृद्धिदर बढेर १५।५ प्रतिशत हुने अनुमान गरिएको छ । योसँगै भारतले अमेरिकालाई पछि पार्दै विश्व अर्थव्यवस्थामा सबैभन्दा बढी देन गर्ने मुलुकको सूचीमा दोस्रो नम्बरमा पर्ने छ ।
आईएमएफका अनुसार सन् २००८ को आर्थिक मन्दीपछि हाल विश्वको आर्थिक वृद्धिदर सबैभन्दा कम छ ।
यता एसियाको अर्को मुलुक इन्डोनेसिया सबैभन्दा धनी मुलुकको सूचीमा चौथो नम्बरमा आउने छ । यस अवधिमा उक्त देशको आर्थिक वृद्धिदर ३।७ प्रतिशतले बढ्ने आईएमएफले जनाएको हो ।
त्यस्तै जापान रुसभन्दा पछि पर्ने आंकलन गरिएको छ । सन् २०२४ सम्म रुस पाँचौ धनी मुलुक बन्ने छ भने जापान नवौ स्थानमा रहने आईएमएफको भनाइ छ । छैटो स्थानमा भने ब्राजिल हुने छ ।
साथै यस अवधिमा विश्वका सबैभन्दा धनी २० मुलुकमा टर्की, मेक्सिको, पाकिस्तान र साउदी अरब समेत सामेल हुनेछन् । तर पोल्याण्ड, क्यानडा र भियतनाम भने जी(२० को सूचीबाट हट्ने अनुमान गरिएको छ ।