कार्तिक १३ गते २०७६

स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो नियमित स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री ओली बुधबार अस्पताल जानुभएको उहाँका  प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणपछि नियमित स्वास्थ्य जाँच तथा औषधि खाने गर्नुभएको छ ।