कार्तिक १४ गते २०७६
सुन्तलामा पनि यस्तो हर्कत ?जव गार्डले सुन्तलाको बोक्रा चर्केको देखे…..
काठमाडौं। सुन्तला र खानपिनका सामान लिएर एक महिला जेलमा आफन्तलाई भेट्न गएकी थिइन् । राजस्थानको अजमेर जेलमा आफन्त भेट्न गएकी ती महिलाको साथबाट लागूऔषध बरामद भएको छ । आइतबार अजमेर सेन्ट्रल जेलमा नशालु पदार्थ बरामद भएको भारतीय दैनिक भास्करले लेखेको छ ।
माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन् । मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तैनाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए । महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो रु
जीस्वनरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे । सुन्तलाभित्र अगरबत्तीको मोटाइको लागूपदार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी लागूपदार्थ राखिएको थियो । सुन्तलाभित्रबाट करिब ४० ग्राम नशालु पदार्थ बरामद भएको बताइएको छ । जेल सुरक्षा प्रशासनले सबै सुन्तला जफत गरेर पुलिसलाई जिम्मा लगाएको छ ।