कार्तिक १४ गते २०७६

उद्योग,बन तथा बाताबरण मन्त्रालय गण्डकीका सचिव आफैले लिन्छन चालक र निजि सचिवको सुबिधा

पोखरा, कार्तिक १४। माधब पनेरु
गण्डकी प्रदेश उद्योग,बन,पर्यटन तथा बाताबरण मन्त्रालयका सचिवले दोहोरो सुबिधा लिएको खुलेको छ ।
उनले नेपाल सरकारले उप– सचिव सरह दिने सुबिधा बाहेक मन्त्रालय बाट अन्य सुबिधा पनि लिने गरेका छन । मन्त्रालयमा सचिवको रुपमा सरुवा भएर आएका याम प्रसाद पोखरेलले सचिवले पाउने सुबिधमा समेत एकमुस्ट रकम आफैले भरपाई गरेर लिने समेत गरेको लेखा शाखाले जानकारी दिएको छ । मन्त्रालयका लेखा अधिकृत बिष्णुहरी तिमल्सीनाका अनुसार सचिव पोखरेलले पाउने एक निजि सचिव( सरकारी सेवा खरिदार) ड्राईभर १,ईन्धन मासिक १० हजार, सवारी मर्मत मासिक ७ हजार उनि आफैले आफ्नै खातामा हाल्ने गरेको बताइएको छ । चालक र निजि सचिव नियत्त नगरी सुबिधा बराबरको रकम आफ्नै खातामा हाल्ने गरेका हुन ।
यसरी सुबिधा नलिए पनि रकम लिन पाईने सचिव पोखरेलले दावि गरे । नेपाल सरकारको र्निणय बमोजिम आफुले सुबिधा लिएको उनको भनाई छ । दिएको सुबिधा एकमुस्ट लिन कानुनी रुपमा समस्या नरहेको पोखरेलले जिकिर गरे । तर आर्थिक नियम अनुसार अनुपयुत्त हुने जानकारहरु बताउछन । त्यसैगरि गण्डकी प्रदेशको खर्च मापदण्ड बिपरित हुने पनि बताइएको छ । यसरी सुबिधाको नाममा ईन्धन शिर्षकबाट रकम दिने तर ईन्धनको बिल बुझाएर अलगै रकम पनि लिने गरिएको छ । मन्त्रालयका सचिव भएका कारण अन्य कर्मचारीहरु पनि उनि संग बोल्न नसक्ने भएका कारण पोखरेलले मनोमानी गरेको कर्मचारी स्रोतले उल्लेख गरेको छ । यस अघिका सचिवले भने उत्त सुबिधा लिएका थिएनन् ।