कार्तिक १४ गते २०७६
महराको जेल वा थुनामुक्तको फैसला आज
काठमाडौं, १४ कात्तिक। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँदै छ। सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ।
धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने अदालत स्रोतले बतायो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए।
प्रहरीले यसअघि कात्तिक ८ गते अनुसनधान प्रतिवेदन सरकारी वकिललाई पेस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अभियोगपत्र दायरको तयारी गरेको छ। तिहार बिदा परेकाले प्रतिवेदन अनुसार अभियोगपत्र तयार भइसकेको छैन। बिहीबार नै अभियोगपत्र तयार पारी अदालतमा पेस गर्ने तयारी रहेको कार्यालय स्रोतले जनाएको छ।
दिउँसो १ बजेपछि अभियोगपत्र अदालतमा पेस गर्ने कर्यालयको तयारी छ। प्रहरीले अनुसनधानका सम्पूर्ण प्रमाणहरु सरकारी वकिललाई बुझाइसकेको छ। पछिल्लोपटक अदालतको आदेश अनुसार भएको डिएनए परीक्षणको प्रतिवेदन प्रहरीले बिहीबार नै सरकारी वकिल समक्ष हस्तान्तरण गर्दैछ। प्रहरीलाई उक्त प्रतिवेदन प्राप्त भइसकेको छ।
प्रहरीले घटनास्थलबाट प्राप्त गरेको सबुतको परीक्षण सकिसकेको छ। परीक्षणका सम्पूर्ण प्रतिवेदन प्रहरीले सरकारी वकिललाई यसअघि नै हस्तान्तरण गरिसकेको छ। प्रहरीले सबै प्रमाण बिहीबार हस्तान्तरणको तयारी समेत गरेको छ।
‘अभियोगपत्रसाथ आजै अदालतमा उपस्थित गराइँदैछ। बाँकी रहेको परीक्षणका प्रमाणहरु पनि आजै हस्तान्तरण हुन्छ’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले भने।
संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो।
तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिदिएको थियो।