कार्तिक १८ गते २०७६
ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने दुई पक्राउ
चितवन, १८ कात्तिक। चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको हो। पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन्।
पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए। गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।
ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो। उनको टाउकोमा चोट लागेको थियो। प्रहरीका अनुसार घटनामा संलग्न अन्य केही फरार रहेका छन्। उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।