कार्तिक १८,्र काठमाडौं तीव्र रुपमा बढ्दै गएको वैदेशिक व्यापार घाटामा कमी आउन थालेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यात बढेको छ भने आयातमा कमी आएको छ। यो प्रारम्भिक तथ्यांकलाई दुई तरिकाले हेरिएको छ। पहिलो, आयात घट्नु मुलुकका लागि राम्रो हो र यसले व्यापार घाटा कम गर्न सक्छ भन्ने विश्लेषण छ भने अर्कोतिर आयात घट्नुको अर्थ विकास निर्माणका काम कम हुनु र राजस्व लक्ष्य पनि हासिल हुन सक्दैन कि भन्ने विश्लेषण छ। यी दुई पक्षलाई विश्लेषण गर्नुभन्दा पहिला कुन–कुन सामग्रीको आयात घटेको छ, त्यो हेर्न जरुरी छ– दैनिक उपभोग्य वा विलासी सामान घटेको हो या उद्योग र विकास निर्माणमा प्रयोग हुने सामग्रीको आयात घटेको हो। तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा दुई प्रकारका वस्तुको आयात घटेको देखिन्छ। खासगरी निर्माण सामग्रीमा प्रयोग हुने रड, यातायातका साधन, विमान र यसका पार्टपुर्जाको आयातमा उल्लेख्य कमी आएको छ। त्यस्तै, एलपी ग्यास र डिजेलको आयातमा पनि कमी आएको विभागको तथ्यांकमा उल्लेख छ। ठूलो मात्रामा आयात हुने वस्तुहरू हेर्ने हो भने आइरन स्टिलको आयात ह्वात्तै घटेको छ। गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा आधाले रडको आयात घटेको छ। गत वर्षको पहिलो तीन महिनामा ४० अर्ब ३ करोडको आयात भएको आइरन स्टिल यस वर्ष २७ अर्ब ८६ करोडमा झरेको छ। विमान र विमानका सामग्रीको आयातमा १० अर्ब, गरगहना, बहुमूल्य धातु, मोती, प्राकृतिक र सांस्कृतिक धातुहरूमा ९ अर्बको आयात कमी आएको छ। सुनको आयात ५ अर्बभन्दा बढीले गिरावट आएको छ। अघिल्लो वर्ष ६ अर्बको सुन आयात भएकोमा चालु आवको तीन महिनासम्म जम्मा ६ करोड रुपैयाँको मात्र सुन आयात भएको छ। त्यस्तै, डिजेलको आयात झन्डै ५ अर्ब, सुगर र सुगर कन्फेक्सनरी ५ अर्ब, रुपैयाँले कमी आएको छ। गत वर्षको पहिलो तीन महिनामा २५ अर्ब ६१ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा यस वर्ष २० अर्ब १६ करोडको आयात भएको छ। त्यस्तै, दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुने खाना पकाउने एलपी ग्याँसको आयातमा झन्डै ३ अर्ब रुपैयाँले कमी आएृको छ। अन्न उत्पादन, सिमेन्ट क्लिंकरको आयातमा ३ अर्ब रुपैयाँले कमी आएको छ। यातायातका साधनमा २ अर्ब रुपैयाँले कमी आएको छ। यस अवधिमा गत वर्षको तुलनामा आयात १०।३४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ७३ अर्ब ८७ करोडको आयात भएकोमा यस वर्षको सोही अवधिमा ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको आयात भएको छ। आयात घटेसँगै निर्यात १४।४१ प्रतिशतले बढेको छ। तीन महिनामा कुल आयात तीन खर्ब ३४ अर्ब ९४ करोड भएको छ भने २७ अर्ब १६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। विभागको तथ्यांकअनुसार तीन महिनामा व्यापार घाटा १२।०२ प्रतिशतले घट्दै कुल व्यापार घाटा तीन खर्ब सात अर्ब रुपैयाँ रहेको छ।
काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन...
Read More
यतिबेला नेपालको पुँजीबजार लाखौंको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको...
Read More
साहित्यको क्षेत्रमा साहित्यकर्मी हरुलाइ एकजुट गर्नको लागि रुपा गा पा मा रुपा वाङ्मय प्रतिस्ठान गठन हुदैछ । नया प्रतिभाको खोजी र अग्रज हरुलाई गठित गर्नको लागि प्रतिस्ठान नै गठन...
Read More
पुष्प दाहाल । पोखरा हाम्रो सहयोगी बचत तथा ऋण सहकारी सस्थाले ग्राहाकको सेवालाई मध्यनजर राख्दै क्युआर कोड संचालनमा ल्याएको छ । आइतबार सहकारीका अध्यक्ष शुक्रराज कंडेलले पोखरामलमा संचालीत ब्यल्याक...
Read More