कार्तिक २० गते २०७६
पोखरा १७ मा र्निबाचन पछि मात्र दुई अर्व बजेट, तिब्र बिकासको क्रममा रहेको वडाको निष्कर्ष
पोखरा, कार्तिक २० ,माधब पनेरु ।
पोखरा महानगरपालिकाको १७ नंम्वर वडा क्षेत्रभित्र मात्र नयाँ जनप्रतिनिधि र्निबाचित भए पछि हालसम्म मात्र २ अर्ब बराबरको बजेट बिनियोजन भएको छ ।
वडा कार्यलय १७ ले पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हालसम्मको सामाजिक, भौतिक तथा बिभिन्न शिर्षकमा महानगरपालिका, प्रदेश सरकार तथा संघिय सरकारबाट बिनियोजन भएको बजेटको फाँटबारी सार्बजनिक गरेको छ । नयाँ सरकार तथा नयाँ जनप्रतिनिधि आएपछि बिनियोजन भएको रकमको मात्र हिसाव गर्दा पनि बिकासको क्रममा वडा अगाडी बढीरहेको तथ्यले देखाएको वडाअध्यक्ष तिर्थराज अधिकारीले जानकारी दिए । कतिपय बिकासका योजनाहरु कार्यान्वयनकै क्रममा रहेको र बाहिर देखिने गरि परिबर्तनका आभास हुने योजना पाईपलाईनमै भएको पनि उनले जानकारी दिए ।
वडा कार्यलयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ७४।७५मा मात्र १४ करोड ६० लाख ६ सय २० रुपैया बिकास र्निमाणमा खर्च भएको छ । त्यसैगरि ७५।७६ मा पुर्बाधार तर्फ ७१ करोड ६० लाख,आर्थिक बिकास तर्फ १३ करोड, सामाजिक बिकास तर्फ २९ करोढ ७५ लाख,बाताबरण तर्फ ९ करोड, सस्थागत बिकास तर्फ १८ करोड ३४ लाख रुपैया खर्च गरिएको छ । त्यस्तै सडक, पुल,खानेपानी,शिक्षा,स्वास्थ्य,कला,सस्कृति तर्फ गरि ४१ करोड६२ लाख ३ हजार ५ सय ९ खर्च भएको छ भने यो बर्ष मात्र बिभिन्न शिर्षकमा १ अर्ब ३ करोड रकम वडामा बिनियोजन भएको बताइएको छ । यो बाहेक डिपिआर भएको रणनितिक तथा गौरबका आयोजनाहरु र्निमाणका काम पनि धमाधम चलिरहेको कार्यालयले दिएको जानकारीमा उल्लेख छ । अहिले वडा भित्र ७ वटा गौरबका कायोजनाको ठेक्का प्रकृया अगाडी बढेको छ भने केही आयोजना डिपिआर र्निमाणकै क्रममा रहेको छ ।
सिद्धार्थ राजमार्गको बिरौटा चोक बाट छोरेपाटन सम्म ४ लेनको सडक,ड्यामसाईडमा मोटरेवल पुल, राती खहरे मोटरेवल पुल, सितापाईला पट्नेरी मोटरेवल पुल,फुस्रेखोला (१७ र २१ जोड्ने )मोटरेवल पुल,डेभिजफल काउसेघारी पुल, माछापुच्छ्रे प्रतिबिम्व पार्क र्निमाणको ठेक्का संझौता हुन बाँकी रहेको छ भने महानगर र प्रदेश सरकारले बिनियोजन गरेको चाईना पुल,तिनकुने महतगौडा दोबिल्ला सडकको डिपिआर र्निमाणको काम अगाडी बढाइएको छ । उक्त सडकमा पनि ४ करोड बजेट बिनियोजन भएको जनाइएको छ । जनताको बर्षो देखिका आकाक्षाहरु थुपरीएका हुनाले दुई बर्षमा दुई अर्ब खर्च गर्दा पनि बिकासका अझ केही कामहरु बाँकी रहेको र आगामी दिनमा ति कार्यहरु पनि अगाडी बढ्दै संबृद्ध वडा र्निमाणमा आफुहरु निरन्तर लाग्ने वडा अध्यक्ष अधिकारीले जानकारी दिए ।