उपर्निबाचन कास्की २, नेकपा र काग्रेस प्रमुख प्रतिष्पर्धी
गण्डकी सन्देश सम्वाददाता
पोखरा, कार्तिक २१, माधब पनेरु । तत्कालिन पर्यटन सस्कृति तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि खाली रहेको कास्की र्निबाचन क्षेत्र नम्वर दुई मा आज बाट चुनावी सरगर्मी बढेको छ । रबिन्द्र ले एकछत्र माजि मारिरहेको उक्त क्षेत्रमा उनको उपस्थिति बिनाको चुनावी माहोल कसरी जान्छ भन्नेमा धेरै खाले बिष्लेषणहरु आउन सुरु भएको छ । उप– र्निबाचन भएपनि यो बिचमा पार्टीहरु प्रति जनताले कसरी हेरेका छन भन्ने अग्नीपरिक्षाको रुपमा पनि यसलाई लिन थालिएको छ । नेकपा अहिले सरकारमा छ भने निकटतम प्रतिद्धन्दीका रुपमा देखिएको काग्रेस प्रमुख प्रतिपक्षमा छ । सरकारको कामकार्वाहीको पनि जाँच हुने यो र्निबाचनमा काग्रेसले पुराना नेता खेमराज पौडेललाई चुनावी मैदानमा सारेको छ भने नेकपाले स्वर्गिय रबिन्द्र अधिकारीको श्रीमती बिद्या भट्टराई अधिकारीलाई चुनावी मैदानमा अगाडी सारेको छ । त्यस्तै अन्य साना दलहरुले पनि उमेदवार उठाउने तयारी गरेका छन । कतिपयले उमेदवार घोषणा समेत गरेका छन । गएको र्निबाचनमा अन्य दलहरुको उपस्थिती अत्यन्त कमजोर रहेको थियो । अर्थात धरौटी जफत भएको थियो । नेकपा उमेदवारमा एकमत देखिएको छ भने नेपाली काग्रेसमा उमेदवारीमा समेत असन्तुष्टी देखा परेको छ । पार्टी सभापति देउवाको निकट मानिएका पौडेल पुराना काग्रेस नेता भएपनि आकाक्षीहरुले सहयोग नगर्ने संभावना छ । नेकपाको भने सहानुभुतिको मत समेत बिद्याले पाउने भएकाले जित सुनिश्चीत रहेको दावि छ । नेकपा कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले पहिलाको भन्दा ५ हजार मत अन्तरले पार्टीको उमेदवार बिजयी हुने दावि गरेका छन । अघिल्लो र्निबाचनमा रबिन्द्र अधिकारी ८ हजार ५ सय ४२ मत अन्तरले बिजयी भएका थिए । बिबेकशिल साझा पार्टीले पनि महिला उमेदवार नै मैदानमा उतारेको छ । नेबिसंघको राजनिति बाट बिबेकशिलमा प्रबेश गरेकी रजनी के.शी.ले काग्रेस मतदाताकै मत तान्ने संभावना बढी छ भने बिबेकशिल दल बाट पनि महिला उमेदवार जमुना शर्मा लाई अगाडी सारीएको छ । यस्तै समाजबादी दलले पनि धर्मराज गुरुङ्गलाई टिकट दिएको छ । कास्कीमा आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । ११ बजेबाट मनोनयन दर्ता गरिने र्निबाचन आयोगले जानकारी दिएको छ । गण्डकी प्रदेशको बागलुङ्गमा प्रदेशसभा र लमजुङ्गको सुन्दरबजार नगरपालिकामा वडा अध्यक्षको र्निबाचन हुदैछ ।
पोखरा, साउन १७ । पर्यटकीय राजधानीको नाममा परिचित पोखरामा केही मानव निर्मित वैगुनहरु समेत छन् । यसमध्येको एक पोखरा बसपार्क पनि हो । धेरै सरोकारवाला निकायले बसपार्कका कारण पोखरा...
Read More
पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू,...
Read More
जनकपुरधाम : सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका -४ बस्ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले...
Read More
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको...
Read More