माधब पनेरु । कास्की । उपर्निवाचनका लागि कास्की जिल्लाामा २१ जनाको उम्मेदवारी परेको छ । प्रमुख दलसहित केही स्वतन्त्र उम्मेदवारसहित उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा० बाट दिवंगत रविन्द्र अधिकारीकी श्रीमती विाद्यादेवी भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी समाजवादी दलबाट धर्मराज गुरुङ्ग, विवेकशील साझा पार्टीबाट रजनी केसी, साझा दलबाट जमुना शर्मा, राप्रपा संंयुत्तबाट गंगा मल्ल, संघीय लोकतान्त्रीक राष्ट्रिय पार्टीबाट गजेन्द्र सुब्बा लगायतले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तासँगै प्रमुख दलहरुले घोषणासभा आयोजना गरेका थिए । सभामा नेकपाका उम्मेदवार विद्या भट्टराईले दिवंगत रविन्द्रले देखेका सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको बताउनुभयो।
काठमाडौं ,एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार...
Read More
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मर्स्याङदी गाउं कमिटिको आयोजनामा गाउंपालिका स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा गण्डकी प्रदेश सह– ईन्जार्ज यशोदा सुबेदी (गुरुङ्ग) ले बृहत...
Read More
भारतको मल्टिनेसनल अटोमेटिभ कम्पनी आइसर मोटर्सले नेपालस्थित स्थानीय साझेदार इष्टर्न एजेन्सिजलाई दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा गरेको छ । इष्टर्न एजेन्सिज बतास अर्गनाइजेसनअन्तर्गतको भगिनी संस्था हो । यसले नेपालमा...
Read More
पोखरा, साउन ७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्यूनिष्ट क्रान्तिको तत्कालिक लक्ष्य समाजबाद उन्मुख जनताको जनबाद सुदृढ गर्नु रहेको बताएका छन । पार्टी स्थायी कमिटी सदस्य तथा...
Read More