कार्तिक २३ गते २०७६
नेपालगञ्ज नाकामा भारतको नाकाबन्दी !
नेपालगञ्ज। भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन्।
भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी नआएको बताए। ‘उनीहरुको आज राम मन्दिरबारेको फैसला छ रे। त्यही भएर नाकामा कडाई गरेका छन्।’ प्रमुख जिल्ला अधिकारी खड्काले भने ।
भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ले एक्कासी नाका सील गर्नु परेको बताएको छ। बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहान मात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताए।
भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन्। बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन्। नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ। भारतबाट नेपालतर्फ आउन दिइएको छ।
बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए। भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन्। देशसञ्चारमा खबर छ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेकाले त्यसकै कारण नाका बन्द गरिएको हो कि भन्ने हल्ला भने निराधार रहेको छ।