कार्तिक २३ गते २०७६
विश्वमै पहिलो पटक यौन सम्पर्कबाट डेंगी भएको दावि
२३ कार्तिक
काठमाडौं । स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो ।
स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ । क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा डेंगीको संक्रमण भएको मड्रिडमा रहेको पब्लिक हेल्थ डिपार्टमेन्टकी अधिकारी सुसाना जिमिनेजले जानकारी दिएकी छिन् ।
उनमा डेंगीको संक्रमण भएको सेम्टेम्बरमा पुष्टि भएको थियो । उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका लक्षण देखिने रोगको संक्रमण नभएको क्युबामा गएका उनलाई डेंगीको संक्रमण भएको देखेर डाक्टरहरु पनि समस्यामा परेको जिमिनेजले बताएकी छिन् । उनी भन्छिन्, ‘उनको साथीमा पनि त्यस्तै लक्षण देखिएको थियो । तर दश दिन पहिले केही कम भएको थियो । उनी पहिले क्यूबा अनि डोमिनिकन गणराज्यको भ्रमणमा गएका थिए ।’
उनको शुक्राणुको विश्लेषपछि उनमा डेंगी भएको पत्ता लागेको थियो । त्यति मात्रै होइन, त्यसमा क्यूबामा फैलने भाइरस पनि फेला परेको थियो । जिमिनेजका अनुसार एक पुरुष र एक महिलाबीच यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण हुने कुरा दक्षिण कोरियामा हालसालै प्रकाशित वैज्ञानिक लेखको विषय थियो ।
के हो डेंगी रु
डेंगी ज्वरो विशेषगरी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोगबाट बर्से्नि विश्वमा झण्डै १० हजार व्यक्तिको ज्यान गरेको छ भने एक करोड व्यक्तिमा यसको संक्रमण हुने गरेको छ ।
एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगी भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्छ ।
यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।
यसमा चार प्रकारका डेंगी भाइरस हुन्छन । त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेंगी ज्वरो लाग्ने हो । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ ।