कार्तिक २७ गते २०७६
हवाइ हमलामा १० मारिए
२७ कार्तिक
एजेन्सी । प्यालेस्टाइनको गाजा शहरमा इजरायलले मंगलबार गरेको हवाइ हमलामा परी कम्तिमा पनि १० जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा एकजना जिहाजी कमाण्डर समेत रहेको समाचार माध्यमले जनाएका छन् ।
इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मंगलबार बिहानै हमला गरेको थियो । इजरायली हमलामा परी उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको थियो ।
हवाइ हमलामा अल–अताकी पत्नी समेत मारिएको इजरायलले बताएको छ । जिहादी कमाण्डर र उनीकी श्रीमति मारिएपछि लडाकु समूहले इजरायलमा १५० भन्दा रकेट हमला गरेका थिए ।
जिहादी लडाकुले लगातार रकेट हमला गरेपछि इजरायली सेनाले गाजा शहरमा पुनः हवाइ हमला गरेको थियो । हमलामा परी कम्तिमा पनि ८ जना सर्वसाधारणणको ज्यान गएको छ ।
इजरायलले घना मानवबस्तीमा अन्धाधुन्द बमवर्षा गरेको भन्दै चर्को आलोचना भइरहेको छ । तर इजरायली सेनाले लडाकु समूहलाई लक्षित गरी उक्त हमला गरिएको दाबी गरेको छ ।
सर्वसाधारणणलाई लक्षित गरी इजरायलयले हमला गरेपछि गाजा शहरका शैक्षिक संस्था बन्द गरिएका छन् ।
प्यालेस्टाइनका लडाकु समूहले प्रमुख जिहादी कमाण्डरका हत्यारालाई नछोड्ने चेतावनी समेत दिएका छन् । जिहादी र इजरायली सेनाबीचको विवादले प्यालेस्टाइन र इजरायलबीच पुनः युद्ध सुरु हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।
जिहादी र इजरायलबीच पुनः युद्ध चर्केमा सर्वसाधारण चेपुवामा पर्ने भन्दै यस्तो चिन्ता भएको हो ।