कार्तिक २७ गते २०७६

खाना नफालौ, खाद्य संप्रभुताको ज्ञारेन्टी गरौ ।

बाच्न र स्वस्थ्य जिवनशैलिका लागि खाना आबस्यक छ । खाना शोकका लागि खाने बानी बन्द गरो । भोकमरीको सुचिमा नपरेपनि नेपालमा भाकै मर्नेहरु कयौ छन । बिस्वमा अहिलेपनि लाखौ मानिसहरु भोकै मरेका छन । जानीराखौ खाना बचाउने १० उपाय
१। एकै साथ धेरै मात्रामा खाद्य सामाग्री नकिन्नुहोस् ।
२। खाना बनाउनु अघि कसले कति खाने हो, सोधेर बनाउनुहोस् ।
३। यदि खाना उब्रिएको छ भने त्यसलाई उपयोग गर्ने अवस्थासम्म प्रयोग गर्नुहोस् ।
४। खाना ठिक्क वा बरु कम कम खाने बानी बसाउनुहोस् । अपच हुने गरी नखानुहोस् ।
५। खाना बनाउनु अघि बचेको खाना छ भने त्यसलाई अड्कलेर मात्र अर्को खाना बनाउनुहोस् ।
६। जहिले पनि खाना खादाँ यसको मुल्य होइन, मात्रालाई ध्यान दिने गर्नहोस् ।
७। खाद्य सामाग्रि किन्नु अघि लेखेर लिष्ट बनाएर किन्ने गर्नुहोस् ।
८। छिटो बिग्रने सामाग्री चाहिदो मात्रामा किन्ने बानि बसाउनु होस् ।
९। चामल, पिठो लगायतका सुख्खा सामाग्री हावा लिक नहुने डब्बा वा बोरामा राख्नुहोस् ।
१०। फलफुल, हरीयो साग, तरकारी, माछामासु प्रयोग नहुने अवस्थामा फ्रिजमा राख्नुहोस् ।
वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वमा खाद्य उत्पादनको समस्या भन्दा खाद्य सामाग्री नष्ट वा फ्याकिने समस्याका कारण यसको अभाव हुने गरेको जनाएको छ ।
नेपालका होटल, पार्टि प्यालेस, भोजभत्तेर लगायतमा नष्ट हुने खाद्य सामाग्रीको बचत हुने हो भने धेरै नेपालीले भोकै सुत्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यसो भए आजबाट तपाई खाना फ्याक्ने बानीमा सुधार गर्नुहुन्छ त रु कोशिस गर्नुस् किनकी तपाईले खाना नफ्याक्दा त्यसले अरु कसैको पेट भर्न सक्छ ।