कार्तिक २८ गते २०७६

कास्की पछि लमजुङ्गको सुन्दरबजार तात्दै ,नेकपाको जित पक्का ः अध्यक्ष अधिकारी

कार्तिक २८ , लमजुङ,
देशभर प्रतिनिधीसभाको र्निबाचन एक स्थानमा मात्र भएपछि कास्की अहिले सबैको प्राथमिकतामा परेको छ । नेकपाका प्रभावशाली नेता रबिन्द्र अधिकारीको निधन भएपछि हुन लागेको उप र्निवार्चनमा नेकपा जितको मनोबिज्ञान बोकेर चुनावी मैदानमा छ भने नेपाली काग्रेस सिट हत्याउने प्रचन्चमा छ ।
यत लमजुङ्ग जिल्लाको सुन्दर बजार नगरपालिकामा पनि वडाअध्यक्षको र्निबाचनको मनोनयन सकिएको छ । नेकपा सहित ५ जनाको उमेदवारी परेको छ ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा सुन्दरबजार नगरपालिकाको कृषि शाखाको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ४ राजनीतिक दलका प्रतिनिधि र एकजना स्वतन्त्रले बुधबार उम्मेदवारी दर्ता गराए ।
स्थानीय तह साथै प्रदेश तथा संघको चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका समूहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । बाजागाजासहित नेकपाका नवीनकुमार श्रेष्ठ, कांग्रेसका प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र कांग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका कृष्णबहादुर केसीले मनोनयन दर्ता गरे । केसीले कांग्रेस जिल्ला विशेष अधिवेशन समितिका तर्फबाट मनोनयन दर्ता गराएको जिल्ला संयोजक द्धारिकाप्रसाद मिश्रले बताउनुभयो ।
स्थानीय तह चुनावमा सुन्दरबजार नगरपालिका २ बाट वडाअध्यक्ष पदमा निर्वाचित तत्कालीन एमालेका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि खाली रहेको उक्त वडामा अध्यक्ष पदका लागि चुनाव हुन लागेको हो । स्थानीय तह चुनावमा तत्कालीन एमालेका पाण्डेले ९ सय ५ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका थिए । निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका पर्शुराम केसीले ३ सय ४७ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदबार पूर्णबहादुर मौरतीले १ सय ६ मत ल्याएका थिए । राप्रपाका दीपकराज सेढाइँले ५२ मत पाएका थिए । कूल १ हजार ४ सय ९२ मत खसेको थियो । ८२ मत बदर भएको थियो । अहिले उक्त वडामा २ हजार २ सय ९७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा बलियो उमेदवार भएपनि वडामा स्थानिय उमेदवारको निजि प्रस्तुतिकरण महत्वपुर्ण हुने गर्दछ ।उमेदवारको ब्यात्तिगत छवि र बिगतको ईतिहास तथा स्थानिय स्तरमा पार्टीले खेलेको भुमिका महत्वपुर्ण हुने भएकाले आफ्नो उमेदवारले जित हासिल गर्ने निश्चीत भएको नेकपा लमजुङ्गका अध्यक्ष मधु अधिकारीले बताईन । चुनाव आफ्नो पक्षमा भएको औपचारीक घोषणा हुन मात्र बाँकी रहेको उनको तर्क थियो ।