कार्तिक २९ गते २०७६

नेकपाले बनायो अन्तर जिल्ला र्निबाचन सहयोग समिति, संयोजकमा उप्रती

कार्तिक २९ । पोखरा ।
उपर्निबाचन केन्द्रीत परिचालन कमीटीहरु र्निमाण गर्ने क्रममा नेकपाले अन्तर जिल्ला र्निबाचन सहयोग समिति र्निमाण गरेको छ ।
प्रबेश उप्रतिको नेतृत्वमा ५१ सदस्यीय सहयोग समिति गठन गरिएको जनाइएको छ । रबिराज घिमिरे, शेर ब शाही, बिष्णु खत्री,युगम राज अस्ती, जिवन पौडेल, जगत मोहन गिरि लगायत रहेको समिति र्निमाण गरिएको हो ।
मंसिर १४ मा कास्की २ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उप र्निबाचनमा नेकपाका उमेदवार जिताउनका लागि समिति गठन गरिएको हो । नेकपाले उपर्निबाचनमा स्वर्गिय मन्त्री रबिन्द्र अधिकारीको श्रीमती तथा नेकपाकी प्रभावशालि महिला नेतृ बिद्या भट्टराई लाई चुनावमा उमेदवार बनाएको छ ।
स्वगिय अधिकारीले ३ पटक लगातार जित हासिल गरेको उत्त क्षेत्रमा यो पटकको उप र्निबाचन अग्नी परिक्षा बनेको छ । नेकपाको लहर र ईमान्दार कार्यकर्ताका कारण चुनाव जित्ने निश्चीत रहेको नेकपा का प्रदेश कमिटि सदस्य कृष्ण गिरिले दावि गरे ।