मंसिर ३ गते २०७६
कांग्रेस निर्वाचन कमाण्डर तथा स्थानिय प्रभावशालि नेता नेकपा प्रवेश,
पोखरा, ३ मंसिर । मंसिर १४ मा हुन लागेको उपर्निबाचनले कास्की तातेको छ । बिषेश गरि नेकपा र नेपाली काग्रेसबिच प्रतिष्पर्धा चुलिएको छ । दुबै पार्टी अहिले कास्की जिल्लाको पोखरा महानगरका वडामा केन्द्रीत छन । मंसिर १४ गते हुने उपचुनाव लक्षित गरी नेकपाले घरदैलो, भेला, कोणसभा गरिरहेको छ । मंगलबार नेपाली कांग्रेसका निर्वाचन परिचालकसहित ४९ जना नेकपा प्रवेश गरेका छन्।
कांग्रेसको निर्वाचन परिचालन गर्ने जिम्मा लिएका जानकी मावि महतगौडा बुथका बुथ समिति प्रमुख तथा पोखरा १७ निर्वाचन परिचालन समिति सह–संयोजक नगेन्द्र शर्मा भण्डारीले कांग्रेस त्यागेका हुन्। । भण्डारीले नेता रवीन्द्र अधिकारीबाट प्रभावित भएको उल्लेख गर्दै रवीन्द्रले देखेका सपना पूरा गर्न नेकपा प्रवेश गरेको प्रतिक्रिया दिए । उनले नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन सक्रिय हुने प्रतिवद्धतासमेत व्यक्त गरे । उनि महतगौडा क्षेत्रका प्रभावशालि स्थानिय समाजसेवि पनि हुन । स्थानिय बिकास र्निमाणमा पछिल्लो समय एकदम चासो दिने गरेका भण्डारीले अहिले नेकपाको सरकार आएपछि सो क्षेत्रमा बिनियोजन भएको बजेट, कार्यक्रम तथा बिकास भएका पुर्बाधारहरुले पनि नेकपा प्रति बिस्वास जगाएको बताए । बिकास अहिलेको आबस्यकता हो । जसले बिकास र बिकासको सपना देख्ने हिम्मत राख्न सक्छ त्यही पार्टीको भबिस्य राम्रो भएको उनले बताए । कार्यक्रममा समाजसेवी षडानन्द शर्मा, तरुण दलका नेता विष्णु पोखरेललगायत पनि नेकपा प्रवेश गरेका छन ।
नेपाली कांग्रेसका पुराना नेता पुष्पराज तिमिल्सिना पनि नेकपा प्रवेश गरेका छन्। उनलाई नेकपा गण्डकी सहईञ्चार्ज खगराज अधिकारी र कास्की ईञ्चार्ज राजकाजी गुरुङलेस्वागत गरे। प्रजातान्त्रिक आन्दोलनमा पटक(पटक जेल परेका तिमिल्सिना २ कार्यकाल कांग्रेस वडा सभापति थिए। उनले कांग्रेसमा अवसरवादी मात्रै अटाएको दाबी गर्दै समाजवादको यात्रामा लाग्न नेकपा रोजेको बताए।
पोखरा १६ मा भएको कार्यक्रममा सहइञ्चार्ज अधिकारीले बस्ती बस्तीमा गएर जनताका आवाज सुन्न नेता, कार्यकर्तालाई निर्देशन दिए। नेकपा कास्की ईञ्चार्ज गुरुङले विकास र नीति निर्माणको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने दाबी गरे। कार्यक्रममा नेकपा कस्की सदस्य दानबहादुर बानियां, वडा कमिटी अध्यक्ष जेएन तिमिल्सिना, सचिव निर्मल आचार्य लगायतले बोलेका थिए । मंगलबारै पोखरा १६ मा युवा भेला भएको छ।