मंसिर ३ गते २०७६

लमजुङ्ग– कास्की र्निबाचन सहयोग समितिमा घिमिरे

पोखरा, मंसिर ३ ।
मंसिर १४ को उपर्निबाचन केन्दीत र्निबाचन सहयोग समिति गठन भएको छ । लमजुङ्ग – कास्की र्निबाचन सहयोग समिति पोखरामा गठन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थीत लमजुङ्ग बाट पोखरा आई बसोबास गरेकाहरुको भेलाले दिपक राज घिमिरे संयोजक, हरेराम धिताल सचिव रहेको २७ सदस्यिए र्निबाचन सहयोग समिति गठन गरेको छ ।
भेलामा नेकपाका प्रदेशसभा गण्डकी प्रदेश मुख्य सचेतक मायानाथ अधिकारीले उपर्निबाचनमा नेकपामा झन बढी लहर आएको देखेर बिपक्षी अत्तालिसकेको बताए । नेकपा कमजोर भयो भनेर हल्ला गर्नेहरु अहिले कुनै बिरोधको बाहाना नपाएर आत्तिएको उनको भनाई थियो । नेकपा जनताको पार्टी भएकाले जनता भन्दा टाढा नहुने उनको दावि थियो । उपर्निबाचनमा पहिलाको भन्दा मत बढ्ने निस्चीत रहेको अधिकारीले ठोकुवा गर्नुभयो । कास्की २ का उमेदवार बिद्या भट्टराई र लमजुङ्गको सुन्दरबजार नगरपालिका २ को उमेदवार लाई बिजयी गराउन उनले सबैलाई अपिल गरे । कार्यक्रममा नेकपा लमजुङ्ग जिल्ला अध्यक्ष मधुमाया अधिकारीले बिकासका संभावनाहरु देखिन सुरु भैसकेकोले आफ्नो पार्टी प्रति जनताको बिस्वास बढेको बताईन । केही गर्न सक्दैन भन्नेहरुले गतिलो जवाफ पाईसकेको उनको भनाई थियो । कार्यक्रममा नेकपाका लमजुङ्ग जिल्ला सचिव तथा सांसद धनन्जय दवाडी, प्रदेश सदस्य पारसमणी पौडेलको सहभागिता थियो ।