मंसिर ६ गते २०७६
चुनाव जित्नी एजेन्डा ले हो, न कि कुतर्कले
चुनाबि सरगर्मी चलिहेको परिप्रेक्षमा केहि लेख्न मन लाग्यो । अन्य दलहरुका नेता र उम्मेदवारले के भने, कतिको उपस्थिती रह्यो तेतातिर खासै ध्यान गएको देखिदैन । स्वभाबिकै रुपमा यो चुनाब नेकपा र नेका बिच भिडन्त हुने देखिन्छ अर्थात नेकपा का उदियमान महिला नेतृ क बिध्या भट्टराइ र काग्रेसका पुराना नेता खेमराज पौडेल ।
हुन त चुनाबमा पनि एजेन्डा हुनेले पेस गर्ने हो नहुनेले सिर्फ प्रोपोगान्डा फलाक्छ ।
अहिले बडो जोडतोडका साथ काजकिरियालाई जोडेर धर्मभिरुहरु नै बनेको देखिन्छ । पहिलो कुरा त समाज परिवर्तन गर्न भनि हिडेको नेतृत्वले नै जोखिम मोल्ने हो, सुरुवात आफैबाट गर्ने हो भन्ने मान्यता राखेर नै क रबिन्द्रले सात दिन मात्र काजकिरिया गर्ने उदघोष गरेकैले पत्नी बिध्या तयार हुनुभयको हो । बि पि, सुबर्ण लगायतका संस्थापक काग्रेसहरुले काजकिरिया लाइ बेवास्ता गरेको इतिहास तपाइहरुले पनि एक पटक पढेमा राम्रो हुन्थ्यो ।
प्रत्येक कोणसभामा सिमानाका बिषय उठाएको खबर पढ्न पाइएको छ ।के अब साच्चै काँग्रेसलाइ देशको माया जागेकै हो त ? होइन भने कोशी गण्डक महाकाली लगायतका संझौता गर्दा तपाइहरुको नेतृत्वले भाङ्ग खाएर बसेको थियो र रु लिपुलेक, लिम्पीयाधुरा लगायतका बिषयमा प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा नै हाम्रो सीमाना एक ईन्च पनि तलमाथि हुन दिदैनौं भनेको समाचार भारतिय अखवारले पनि संप्रेसण गरेकै छन बरु तपाईहरु नै भारत सॅग सरकारले निहुँ खोज्यो भन्नुहुन्छ ।त्यसैले राष्टियता र सिमानाका संबन्धमा नेकपालाई काँग्रेसीजनले नसिकाएकै राम्रो हो भन्ने लाग्छ ।
चुनाबी क्रममा मतदातालाई आफ्नो पक्षमा तान्न सबै अस्त्र प्रयोग हुन्छन, जुन स्वभाबिक पनि मानिएला त्यो आफ्नै ठाउॅमा छ । अहिलेका काँग्रेस उम्मेदवार आफैले आफैलाई भोट हाल्न नपाउने अबस्थामा छन किनकी उनको घर पुम्दीभुम्दी कास्की तीन नं क्षेत्रमा पर्दछ, त्यसैले वार्ड नं १७ र ७ लाई आधार क्षेत्र मानेर मोर्चा कसेको देखिन्छ । स्वभाबिक रुपमा पुम्दी र स्याङ्जाबाट पोखरा झर्नेहरुको गन्तब्य वार्ड नं १७ हुदै आएको छ । पुम्देली हरु भोट हाल्न नपाए पनि खेमराजको पक्षमा मत माग्न हिडेको देखिन्छ । अजिबको कुरा त नेकपाका नेता हुँ भन्नेहरु अग्र मोर्चामा देखिदैछन । त्यसैले पुम्देली कमरेडहरुलाइ म सोध्न चाहन्छु २०४८को आम चुनाब,२०५१ को मध्याबधी र २०५६को चुनाबमा एमालेका पुम्दीभुम्दी कै उम्मेदवार क तुल बहादुर गुरुङ उम्मेदवार बन्दा तपाइहरुले अबस्य नै काङ्ग्रेसी मित्रहरु संग भोटको लागि अनुनय बिनय त गर्नु नै भयो होला, कति जना काँग्रेसजनले भोट दिए त ? टाढा नजाउॅ दुई बर्ष अगाडी मात्र बाम घटकका उम्मेदवार राम्जी बराललाई नैतिक समर्थन सम्म गर्ने तेही पेरीफेरीका कति जना मित्रहरु थिए ?त्यसैले पुम्दीका मित्रहरु भाबनामा नबगिकन संगठन बिस्तारमा लाग्नुहोस, हैन भने खुल्लै भन्नुहोस हामीसॅग राजनीतिक उचाइमा पुग्ने भाबि नेतृत्व पनि छैन त्यसैले पौडेलसॅगै सती जान्छौं, होइन भने नेकपाले पुम्दीभुम्दीको उम्मेदवार उठाएमा अन्नपुर्ण गाउॅपालिका, बैदाम, बिन्दबासिनी लगायत मौन बस्यो भने के हुन्छ ?
अहिले एउटा मिठो शब्द निष्ठा र त्याग चर्चामा छ । त्यागको अर्थ त अबसर पाएर पनि छोड्नु पो हो पौडेल त अबसर नै नपाएकामा गनिने होइनन ? को त्यागी हुन र होइनन् त भबिष्यमा देखिएला । बरु हिजोका दिनमा अखिलको आशा लाग्दो नेतृत्वमा पुग्ने संभावना देखिदादेखिदै पनि बिध्या कमरेडले त्याग गरेर बसेको मान्न सकिएला ।
अन्त्यमा, चुनाबी मोर्चामा होमिएका प्रतिपक्षी साथीहरु क्षणिक फाइदालाई हेरेर प्रोपोगाण्डा फाल्ने होइन बास्तबिकतालाई पनि ख्याल गरेर चुनाबी एजेन्डा तय गर्नुहोस, त्यसैमा तपाईहरुको कल्याण होला । होइन भने निष्ठा र त्यागको अलाप पौडेलका नाममा एकथरि काग्रेसको गोहीका आँसु बाहेक केही नहुन पनि सक्छ ।
बिनोद भन्डारी
अनेरास्ववियु जिल्ला कमिटी सदस्य ,कास्की