मंसिर १० गते २०७६

प्रधानमन्त्रीको एपेन्डिसाइटिस फुटेपछि शल्यक्रिया

काठमाडौं ,प्रधानमन्त्री केपी ओलीको उपचारमा ढिलाई हुँदा पेटमा एपेन्डिसाइटिस फुटेको पाइएको छ। एपेन्डिसाइटिस फुटेर पिप निस्केको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
पेटमा अप्ठेरो महसुस भएको जनाउँदै प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड सेन्टरमा पुर्‍याइएको थियो। एपेन्डिसाइटिसको समस्या पत्ता लागेपछि शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको पिपसमेत हटाइएको छ।
अहिले प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष ९आईसीयू०मा राखिएको छ। उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर इलेक्टिभ भेन्टिलेटर ९कृत्रिम स्वासप्रस्वास० मा राखिएको एक चिकित्सकले जानकारी दिए।‘समयमै प्रधानमन्त्री अस्पताल आइपुग्नु भएकाले शल्यक्रिया सफल भयो’, ति चिकित्सकले भने।
प्रधानमन्त्री ओलीको उपचारमा व्यवस्थापकीय पक्ष मिलाउन अस्पतालका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठ खटिएका छन्। त्यस्तै उपचारका लागि डा। अरुण सायमीको नेतृत्वमा ६ चिकित्सक संलग्न छन्।