मंसिर ११ गते २०७६

अर्घाखाँची बस दुर्घटना ः मृतकको संख्या १६ पुग्यो

अर्घाखाँची  । जिल्लामा बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका -६ नरपानीमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  अन्य १३ जना घाइते भएका छन् । प्रत्यक्षदर्शी मनिष अधिकारीका अनुसार बस सडकबाट ४ सय मिटर तल खसेको छ । प्रमुख जिल्ला अधिकारीले १६ जनाको  मृत्यु भएको पुष्टि गर्नुभएकाे छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको बताउनुभयो । घाइतेमध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ ।अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।