मंसिर १३ गते २०७६
उपर्निबाचन कास्कीः आचारसंहितका ४ उजुरी, अपाङ्गमैत्रि भएन मतदान स्थल
पोखरा, माधब पनेरु । मंसिर १३
कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा दलहरुले उल्लघंन गरेका आचारसंहिताका ४ वटा उजुरी परेका छन ।
उजुरी पर्नेमा नेकपा र समाजबादी दल रहेका छन । र्निबाचनको समयमा शिक्षक सरुवा गरेको र सुकुम्वासी बस्तीमा कम्वल बितरण गरेको उजुरी नेकपालाई लागेको छ भने खानेपानी पाईप बितरण गरेको उजुरी समाजबादी दललाई लागेको छ ।
कार्यलयले उजुरी उपर छानबिन जारी रहेको जनाएको छ । पोखरा महानगरपालिकाले गरेको शिक्षक सरुवा भने बदर भैसकेको छ । उपर्निबाचनमा कास्कीमा ३२ मतदान स्थलमा ८२ मतदान केन्द्र रहेका छन । मतदान शान्तिपुर्ण रुपमा सम्पन्न गराउन आबस्यक तयारी पुरा भएको आयोगले जनाएको छ ।
मतपत्रसहित निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी, सुरक्षाकर्मि सम्बन्धित मतदानस्थलमा पुगेर सर्बदलिय बैठक सम्पन्न गरिसकेका छन । उपनिर्वाचनमा ४५० कर्मचारी परिचालन गरिएको छ । मतदाता सङ्ख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ । मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ । मतदातालाई र्निधक्क भएर आफ्नो अभिमत जायर गर्न सबैलाई आग्रह गरिएको छ ।
यसैगरी र्निबाचन आयोगले अपाङ्गमैति मतदान स्थललाई भने आबस्यक ध्यान दिएको छैन । अपाङ्गलाई सहज मतदानका लागि संरचनामा कुनै कार्यक्रम नराखेको आयोगले जनाएको छ । ५६ मतदान सामाग्री भित्र अपाङ्गमैति बनाउने बिषय समेटिएको छैन । केही मतदान स्थल आफैमा अपाङ्गमैत्रि भएपनि अन्यमा भने अपाङ्गलाई समस्या हुने देखिएको छ ।
अस्थाई प्रकारको ब्यबस्था गर्न सकिने भएपनि त्यस्तो हुन सकेको छैन । केही ह्वीलचियर र स्टेचरहरु प्रबन्ध मिलाएर भएपनि सेवा दिन सकीने भएपनि आयोगको ध्यान जान सकेन ।