मंसिर १४ गते २०७६

कास्की२ मा ४५ प्रतिशत मत खस्यो

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं। २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।
प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको जानकारी दिए ।
कास्की(२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।
उपचुनावमा ७१ हजार ८७१ जना मतदाता रहेका छन् ।