मंसिर १४ गते २०७६
लमजुङ्गको वडाअध्यक्षको मत गणना सुरु हुदै
सुन्दरबजार २ मा ६६ प्रतिशत मतदान भएको छ । अब केहिबेरमै मतगणना शुरु हुने भएको छ ।
लमजुङ जिल्लाको सुन्दरवजार न पा २ मा वडाध्यक्ष पदको लागि भएको उप– निर्वाचनमा ६६ दशमलव ३० प्रतिशत मतदान भएको छ । कूल २२९७ मतदातामा १५२३ जनाले मताधिकारको प्रयोग गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सुन्दरबजार नगरपालिकाको कान्ति मन्दिर मा।वि। मा पुरूष–२८५, महिला–३८४ गरि जम्मा – ६६९ र महेन्द्र मन्दिर मा।वि। को ‘क’ मतदान केन्द्रमा पुरूष १८६, महिला २५० गरि जम्मा ४३६ र ‘ख’ केन्द्रमा पुरूष १९०, महिला २२८ गरि जम्मा ४१८ खसेको थियो ।
वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ जना चुनावी मैदानमा उत्रिएका छन् । नेकपाका नवीन श्रेष्ठ , नेपाली काङ्ग्रेसका उमेदवार प्रकास सेढाइँ मैदानमा छन ।