मंसिर २५ गते २०७६

विक्रमको ‘कृषि क्रान्ति’ किम्फको उत्कृष्ट १० मा छनौट

हिमाली जिल्ला मनाङमा एक युवकले गरेको स्याउ खेतीमा आधारित बृत्तचित्र काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल ९किम्फ० को उत्कृष्ट १० मा छानिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङमा समराज गुरुङले गरेको स्याउ खेतीबारे पत्रकार विक्रम न्यौपानेले बनाएको ‘कृषि क्रान्ति’ नामक वृत्तचित्र किम्फका लागि उत्कृष्ट १० मा पर्न सफल भएको हो । किम्फ नेपालको सबैभन्दा पुरानो र ठूलो अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल हो । परिवर्तित नेपाल विद्याका लागि ‘कृषि क्रान्ति’ तीन मिनेटको वृत्तचित्र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निर्माता निर्देशकले तयार पारेका वृत्तचित्रमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको यसका निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । ‘मैले निर्माण गरेको ‘कृषि क्रान्ति’ १० उत्कृष्ट वृत्तचित्र मध्ये छनौट भएको जानकारी गराउन पाउँदा आफूलाई गौरवान्वित महसुस भएको छ’ उहाँले भन्नुभयो । यसअघि उहाँले आफ्नै जन्मस्थान लमजुङको राइनास नगरपालिकाको ऐतिहासिक र पर्यटकीय गन्तव्य ‘राइनासकोट होम स्टे’ बारे तयार पारिएको पाँच मिनेटको भिडियो ‘मेरा गाउँ मेरा ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगितामा १३२ वृत्तचित्रमध्ये ‘बेस्ट भिडियो अवार्ड’ प्राप्त गरेको थियो ।
नेपाल कृषिप्रधान देश भएपनि राष्ट्रिय आयको २८ प्रतिशत मात्रै योगदान रहेको सरकारी तथ्यांक छ । परम्मपरागत खेती प्रणाली रहेको देशमा अझैं पनि आधुनिक र व्यवसायीक खेती हुन सकिरहेको छैन । सन् १९८० को दशकमा मनाङका पेमा छिरिङ गुरुङले सुरुवात गरेको स्याउ खेतीलाई आधुनिकीकरण गर्न ५ वर्ष अघि एग्रो मनाङ प्रा।लि। ले ६ करोड लगानी गरेर दक्षिण एसियाकै नमुना फार्मको रुपमा विकास गरेको छ । यो वृत्तचित्रमा परम्परागत रुपमा रहेको कृषि प्रणालीलाई आधुनिक र व्यवसायीकरण गर्ने गुरुङ परिवारको कथा छ । पेमा छिरिङ गुरुङका नाती समराज गुरुङको पालामा आउँदा कृषिमा कायकल्प भएको छ । इटालीबाट आयात गरि रोपिएको ६१ हजार विरुवा स्याउबाट बार्षीक ५ करोड रुपैयाँ आम्दानी हन्छ ।
समुन्द्र सतहबाट करिब तीन हजार मिटर उचाईमा रहेको मनाङको यो स्याउ फार्म एउटा आशा हो । बर्षको पाँच अर्ब रुपैयाँको स्याउ आयात नेपालको आधुनिक र हाइडेन्सीटी भएको दक्षिण एसियाकै ठुलो फार्म हो । दैनिक २ हजार युवा विदेशी रहेको बेला यहाँ ६० जनाले रोजगारी पाएका छन् ।