मंसिर २९ गते २०७६

पर्यटन बर्ष लक्षित डकुमेन्ट्री सार्बजनिक

पोखरा,
नेपाल सरकारले २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने तयारी गरे संगै पोखराले पनि पर्यटकीय क्षेत्रहरुको पहिचान र चिनारीको प्रयास सूरु गरेको छ । पोखरा महानगरपालिकाले ५ मिनेटको भिडियो प्रोफाईल र्निमाण गरेको छ भने पोखरा महानगरको वडा नं १७ ले पनि आफ्ना वडा भित्र रहेका पर्यटकिय स्थलहरुको पहिचान गराउने भिडियो डकुमेन्ट्री र्निमाण गरेको छ ।
डकुमेन्ट्री एक कार्यक्रमका बिचमा पोखरा महानगरपालिका का प्रमुख मान बहादुर जि.सि. ले सार्वजनिक गर्नुभएको थियो । पोखरा चिनाउने डेभिजफल, गुप्तेश्वर गुफा, अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालय, सेतीमाथिको प्राकृतिक पुल तथा बिभिन्न पर्यटकिय स्थलहरुको बर्णन डकुमेन्ट्रीमा समेटिएको छ । २५ मिनेटको डकुमेन्ट्री जोजास मिडिया प्रोडक्सनले बनाएको हो । इन्जिनियर जगदीश पौडेल (स्वामी योगानन्द)ले र्निदेशन गरेको डकुमेन्ट्रीमा केही बिकासे पुर्वाधारहरु पनि समेटिएका छन
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वडाको विकास र पर्यटन प्रवद्र्धनलाई डकुमेन्ट्रीले सघाउने बताउनु भयो ।