मंसिर ३० गते २०७६

पैसा फोटोकपि गरि ठगि गरेका तामाङ्ग नियन्त्रणमा

पोखरा, मंसिर ३० ।माधब पनेरु
नेपाली रुपैया फोटोकपि गरेर ठगि गरेको अभियोगमा धादिङ्गका काजि तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अपराध महाशाखाले उनले एक हजारको नेपाली नोेट फोटोकपि गरेर पसलमा दिएको बताएको छ । तामाङ्गलाई काठमान्डौ प्रहरीले नियन्त्रणमा लिएपनि उनले रकम फोटोकपि गर्ने काम पोखरामा गरेको बताएका छन । पोखराको बगरमा रहेको आबिस्कार फोटो बाट रकम फोटोकपि गरेको बताएपछि उक्त पसलको फोटोकपि मेसिन पनि प्रहरीले बरामद गरेको छ ।
धनिराम पौडेलको फोटो स्टुडियो बाट तामाङ्गले नेपाली रुपैया फोटोकपि गरेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ । उनलाई थप अनुसन्धान पछि कानुनी कार्वाही अगाडी बढ्ने बताइएको छ ।
पसल सञ्चालक पौडलले भने यो घटनामा आफु संलग्न नभएको बताएका छन । काजि तामाङ्गले दुई महिना अगाडी आफ्नो पसलमा काम गरेको उनले जानकारी दिए ।