पौष ९ गते २०७६

गाऊपालिका अध्यक्षद्धारा प्रमुख प्रसासकिय माथी आक्रमण

लमजुङ्ग, पुष ९ ।
लमजुङ्ग जिल्लाको दुधपोखरी गाऊपालिकाको अध्यक्ष छुपि माया गुरुङ्गले आफ्नै पालिकाका प्रमुख प्रसासकिय अधिकृत माथी अभद्र ब्यबहार प्रस्तुत गरेकी छन ।
सामान्य बिषयमा बादबिबाद हुदा उनले प्रसासकिय अधिकृतको कोटमा समातेर लछारपछार समेत गरेको बताइएको छ । कर्मचारीमाथि बिना कारण लछारपछार पार्ने तथा अमानविय शैलि प्रस्तुत गरेको भन्दै अध्यक्ष गुरुङ्गको सर्बत्र आलोचना सुरु भएको छ । गाऊपालिका प्रमुख प्रसासकिय अधिकृत धुब्र खनालले समेत आफुमाथि अध्यक्षले अमानविय शैलि देखाएको बताएका छन ।उनको कोट च्यातिएको तथा घाईते भएको बताईएको छ । छुपिमायाको कार्यशैलीका कारण यसअघि पनि उक्त पालिकामा कर्मचारीहरु जान मन नगर्ने तथा उनको कर्मचारी बृत्तमा आलोचना हुदै आएको थियो ।