पौष ११ गते २०७६
धमिलीकुवा– बोराङ्गखोला कालोपत्रे हुदै, शनिवार मुख्यमन्त्री द्धारा शिलान्यास गरिने
पोखरा, पुष ११ ।
लमजुङ्ग जिल्लाको राईनास नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडक अब कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकार तथा संघिय सरकारको सहयोगमा करिव ४० करोड लागतमा डेन्डर आह्वान गरिएको थियो । गण्डकी प्रदेश सरकारले आह्वान गरेको खुला बोलपत्र अनुसार संझौता भई काम सुरु हुन लागेको हो ।
नेपालडाँडा बाट बोरोङ्गखोला सम्म कालोपत्रे हुने भएपनि पहिलो चरणको काम धमिलिकुवा चोक बाट सुरु हुने जनाइएको छ । उत्त सडकले राईनास नगर क्षेत्र संग दुधपोखरी गाऊपालिकालाई पनि लाभान्वीत बनाउछ । यो सडकको अर्काे खण्ड बोराङ्गखोला – दुधपोखरी पनि स्तरउन्नती गर्ने कार्य आरभ्भ भएको छ । कृषि उत्पादनमा पकेट क्षेत्र मानिएको पहाडी भेगको समथर भुमि रहेको राईनासमा १२ सय हेक्टर जमिन सिचाई गर्ने नहर छ । जसका लागि कृषि उत्पादनमा सहज भएपनि हालसम्म सडक बिकटताका कारण ब्यबशायिक कृषिले फड्को मार्न सकेको थिएन ।
शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले एक कार्यक्रमका बिचमा शिलान्यास गरिने बताईएको छ ।