लमजुङ्ग, पुष १८ लमजुङ्गको राईनास नगरपालिका २ मजुवामा आधुनिक बाख्रा फर्म सुरु भएको छ । कृषिमा आत्मर्निभर बनाउने सरकारले घोषणा गरिरहेको अबस्थामा युवाहरु ब्यबशायिक कृषिमा प्रबेश गर्न थालेका छन । बिदेशमा लामो समय बिताएका प्रेम अंगाईले १ सय वटा बाख्रा अट्ने आधुनिक खोर र्निमाण गरि ब्यबसाय सुरु गरेका हुन । उन्नत बाखा्र पालन अंगाई फर्म दर्ता गरि बोयर लगायतका उन्नत बाख्रा पालन सुरु गरेका हुन । फर्मको उदघाटन तथा निरिक्षण गर्दे गण्डकी प्रदेशका सासंद धनन्जय दवाडीले टारमा रहेका ठुला तथा फराकिलो जमिन बाँझो रहेकोले अब पोषीलो घाँस रोपेर ब्यबशायमा लाग्न अनुरोध गरे । गाऊमा युवाहरुले संभावना नदेखेर बिदेशिने अबस्था अब नरहेकोले ब्यबसायीक कृषि गर्न सबैले उत्प्रेरित गर्न आबस्यक रहेको उनको भनाई थियो । बिकासका लागि आबस्यक न्युनतम संरचना र्निमाणका कार्य धमाधम भैरहेकोले अब त्यसलाई आर्थिक उपार्जनमा प्रयोग गर्न उनले सबैलाई आग्रह गरे । कार्यक्रममा बरिष्ट पशु चिकित्सक डा. लक्ष्मण ढकालले पशुलाई अन्न भन्दा पोषिलो घाँस खुवाउन अनुरोध गरे । अहिले घाँस भन्दा पनि झार खुवाएर पुशपालन भैरहेको भन्दै उनले अब उन्नत घाँस रोप्न पनि सबैलाई आग्रह गरे । घाँस पोषीलो भएन भने पशुले आबस्यक फाईदा नदिने भएकाले यो पेशामा आउन भन्दा पहिला प्रसस्त घाँसको ब्यबस्था मिलाउन उनले जोड दिए । राईनास नगरपालिकाका प्रमुख सिंह बहादुर थापाले नगरपालिकाले यो बर्ष टनेल खेतिका लागि किसानहरुलाई अनुदान दिईरहेको बताउदै एक घर एक टनेल र्निमाण गर्ने योजनामा आफु रहेको बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारी, वडा नं २ का अध्यक्ष रामचन्द्र अधिकारी र वडा नं ३ का अध्यक्ष स्वतन्त्र हमालले बोलेका थिए । ब्यबशायि प्रेम अंगाईले बर्षमा कम्तीमा एक सय वटा खसिबोका उत्पादन गर्ने लक्ष रहेको बताए ।
पोखरा महानगरपालिका वडा नं २३ को सम्पुर्ण विकास निर्माण कार्यको अनुगमन गर्न गठीत उच्चस्तरीय समितिले वडाको समग्र विकासका सन्दर्भमा गण्डकी प्रदेश सभाका सदस्य माननिय राजीव पहारी सँग भेटघाट कार्यक्रम...
Read More
कोरोना भाईरस (कोभिड–१९) को त्रासमा यतिबेला सिंगो बिस्व नै रहेको छ । नेपालमा पनि दैनिक हजारौ मानिसहरु संक्रमीत भएका छन । संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले पनि कोरोना संग...
Read More
पोखरा महानगरपालीका वडा नं ९ पृथ्वीचोकमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले ६४ औं सहकारी दिवसको उपलक्ष्मा सरसफाई कार्यक्रम तथा डस्विन बितरण गरेको छ । शुक्रबार पृथ्वीचोकका...
Read More
राष्ट्रिय गौरवका आयोजनामध्येको एक आयोजना हो पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सम्पन्न भएमा देशले अन्य दुईटा अन्तराष्ट्रिय विमानस्थल पाउनेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल २०७१ मा...
Read More